नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
५१ पटक हेरिएको
Shares
नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार

सारांश

  • काठमाडौं ।
  • सिराहामा एउटा अचम्मकै फूल जुन नयाँ वर्षमा मात्रै फुल्छ ।
  • पत्येक वर्षको बैशाख १ मा त्यो फूल फूल्छ ।

काठमाडौं । सिराहामा एउटा अचम्मकै फूल जुन नयाँ वर्षमा मात्रै फुल्छ । पत्येक वर्षको बैशाख १ मा त्यो फूल फूल्छ । सिराहाको लहान नगरपालिका सलहेस फूलवारीमा फुल्ने माला आकृतिको सुनाखरी जस्तै देखिने सेतो रङको फूललाई प्रकृतिद्वारा दिइएको नयाँवर्षको उपहार मिथिलावासीले मान्ने गरेका छन्।

सलहेस फूलवारीमा फुल्ने फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ। स्थानीय लोकआस्थासँग जोडिएको यो फूल दशकौंदेखि फुल्दै आएको छ । त्यस फूललाई अलौकिक मानेर हेर्न भव्य मेला लाग्ने गरेको छ । हरेक वर्षजस्तै यस वर्ष पनि लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा रहेको सलहेसमा फूल हेर्नेको भीड लाग्यो ।

फूलवारीको असंख्य रूखमध्ये मालिनी मन्दिर दक्षिण टाँसिएको हारमको दुईवटा रूखमा प्रत्येक नयाँ वर्ष बैशाख १ मा माला जस्तै आकारमा देखिने सेतो रङको फूल फुल्छ। नयाँ वर्षमा मेला भर्न आउने दर्शनार्थीको मुख्य आकर्षण यही फूल बन्ने गरेको छ । फूल मुर्झाए पनि भूइामा झर्दैन स्थानीयको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’
‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’
राष्ट्रियसभामा मनोनित सदस्य वामदेव गौतम सपथ लिने तयारीमा
राष्ट्रियसभामा मनोनित सदस्य वामदेव गौतम सपथ लिने तयारीमा
बाम एकताले लोकतन्त्रमा चुनौती -प्रधानमन्त्री देउवा
बाम एकताले लोकतन्त्रमा चुनौती -प्रधानमन्त्री देउवा
रोटर्याक डाउन टाउन दारा साक्षरता अभियानको सुभारम्भ !
रोटर्याक डाउन टाउन दारा साक्षरता अभियानको सुभारम्भ !
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह
कांग्रेस, एमाले र नयाँ शक्तिलाई ठूलो झड्का : ४५० बढी युवा वाइसीएलमा प्रवेश
कांग्रेस, एमाले र नयाँ शक्तिलाई ठूलो झड्का : ४५० बढी युवा वाइसीएलमा प्रवेश
आमा काट्न आदेश दिने बाबु
आमा काट्न आदेश दिने बाबु
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली