आइसीसीको मान्यता पाएसँगै इपिएल नयाँ उचाइमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आइसीसीको मान्यता पाएसँगै इपिएल नयाँ उचाइमा

सारांश

  • काठमाडौँ, ३० कात्तिक ।
  • एभरेष्ट प्रिमियर लिग (इपिएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) मान्यता पाएपछि नयाँ उचाइमा पुगेको आयोजकले बताएका छन् ।
  • आउने डिसेम्बर ८ देखी २२ सम्म चल्ने प्रतियोगिताले विहिबार आइसीसीको मान्यता पाएको हो ।

काठमाडौँ, ३० कात्तिक । एभरेष्ट प्रिमियर लिग (इपिएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) मान्यता पाएपछि नयाँ उचाइमा पुगेको आयोजकले बताएका छन् । आउने डिसेम्बर ८ देखी २२ सम्म चल्ने प्रतियोगिताले विहिबार आइसीसीको मान्यता पाएको हो । इपिएलका पछिल्ला दुई संस्करणलाई पनि आइसीसीले मान्यता दिएको थियो । निकै भव्य रुपमा सम्पन्न भएका इपिएलको पहिलो र दोस्रो संस्करणले विश्वको ध्यान तानेको थियो । नेपालमा रहेको क्रिकेट क्रेजका बारेमा विश्वभर चर्चा भएको थियो ।

इपिएलको पहिलो सिजनमा कुनै पनि विदेशी खेलाडी सामेल गरिएको थिएन भने दोस्रो सिजनमा हङ्कङका बाबर हयात र अन्सुमन रथ लगाएत भारत, पाकिस्तान र श्रीलंकाका घरेलु खेलाडी विभिन्न टोलीबाट खेलेका थिए । त्यस्तै तेस्रो संस्करणका लागि आयरल्याण्डका केविन ओब्रायन, स्कटल्याण्डका किल कोटजर र जिम्बावेका सिकन्दर राजा चर्चामा रहेका खेलाडी हुन् । भर्खरै सम्पन्न पोखरा प्रिमियर लिग क्रिकेटमा पनि युएइ, भारत, इंल्याण्ड र पाकिस्तानका खेलाडी सम्मिलित थिए ।

‘आइसिसीको मान्यता इपिएललाई मात्र नभएर समर्थक, क्रिकेट खेलाडी र क्रिकेटप्रेमीका लागि हो । यसका लागि सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहन्छु,’ आमिरले जारी विज्ञप्तिमा भनेका छन् । आइसिसीबाट मान्यता लिनका लागि आयोजकले २७ लाख ५० हजार रुपैयाँ शुल्क तिर्नुपरेको आयोजकले विज्ञप्तिमा नै उल्लेख गरेको छ।

२० ओभरको प्रतियोगिता मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियेगिता राउन्ड रोबिन लिग प्रणालीमा कीर्तिपुरमा सञ्चालन हुनेछ । प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, वीरगन्ज र पोखराको सहभागिता रहनेछ । विराटनगर गत संस्करणको उपाधि विजेता हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?