अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७३
|
|
१०४ पटक हेरिएको
Shares
अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’

सारांश

  • ‘मैले महिनावारी रोक्ने औषधि खाएको छु, त्यसैले महिनावारी हुँदैन’ अछाम बरालाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटलाले यसै गरी झुटो नबोले विद्यालयभित्र प्रवेश नै पाउदिनन् ।
  • विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘तपाईंको महिनावारी किन हुँदैन ?
  • ’ लगायतका अनावश्यक प्रश्नहरु सोधेर हैरान बनाउने गरेको उनको अनुभव छ ।

‘मैले महिनावारी रोक्ने औषधि खाएको छु, त्यसैले महिनावारी हुँदैन’ अछाम बरालाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटलाले यसै गरी झुटो नबोले विद्यालयभित्र प्रवेश नै पाउदिनन् ।


विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘तपाईंको महिनावारी किन हुँदैन ?’ लगायतका अनावश्यक प्रश्नहरु सोधेर हैरान बनाउने गरेको उनको अनुभव छ ।

अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’ गर्ने र छाउगोठमा वस्ने चलन छ ।अछामका दुई नगरपालिका क्षेत्रमै छाउपडी प्रथा कायम छ । अछाममा पछिल्लो एक महिनामा दुई छात्राले छाउगोठमै ज्यान गुमाइसकेका छन् ।

‘महिनावारी भएको थाहा पाए भने विद्यालयमा आउनै पाइदैन, विद्यार्थीको पढाई विग्रन्छ’ बटालाले भनिन्, ‘बरु ढाटेरै भए पनि विद्यालय आउँछु ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?