अाेशाेकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अाेशाेकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !

सारांश

  • काठमाडौँ, ८ कात्तिक।
  • ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्रको रुपमा मानिदै आएको तपोवनभित्र  आनन्द अरुणले महिलाहरुलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ ।
  • उक्त खुलासा अरुले नभएर ओशो सन्यासी अंशु गुरुङले गरेकि हुन् ।

काठमाडौँ, ८ कात्तिक। ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्रको रुपमा मानिदै आएको तपोवनभित्र  आनन्द अरुणले महिलाहरुलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ । उक्त खुलासा अरुले नभएर ओशो सन्यासी अंशु गुरुङले गरेकि हुन् । उनले एक अन्तरवार्तामा सन्यासी अरुणले जबरजस्ती गर्ने गरेको सन्यासी महिलाहरुले आफूसँग बताएको भनेकी छन् । तर, महिलाहरु बाहिर भन्न अप्ठ्यारो मानिरहेका समेत बताइन् । गुरुङले ती महिलाहरुले आनन्द अरुणले आफूलाई संवेदनशील अंगहरुमा सुम्सुम्याउने गरेको स्वीकार गरेको बताइन् ।

त्यसैगरी तपोवनमा श्रम शोषण समेत हुने गरेको बताइन् । त्यहाँ विहानदेखि साँझसम्म काम गर्ने व्यक्तिहरुलाई मासिक दुई हजार मात्रै दिने गरेको बताइन् । सामाजिक संस्था दर्ता गरेर सरकारी जग्गामा व्यापार गरेको समेत अंशुको दाबी छ । उनले त्यहाँ बनाइएको घर भाडामा लगाएर आएको लाखौं रकमको कुनै हिसाब किताव नराखिएको बताइन् । लेखा परीक्षणमा हिसाब मिलाउनको लागि दुई करोड रुपैयाँ दिएको भन्ने आफूसँग अडियो नै भएको अंशुले बताइन् । ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्रको रुपमा मानिदै आएको तपोवनभित्र भ्रष्टाचार, यौनजन्य हिंसा, श्रम शोषण हुने गरेको सार्वजनि भएको छ । तपोवनमा सरकारी जग्गामा ओशो ध्यानको नाममा व्यापार गर्ने थलो बनेको बताएको छ । नागार्जुन राष्ट्रिय निकुञ्जको सय रोपनी जग्गामा ओशोको ध्यान केन्द्र तथा आश्रम बनेको छ ।

आश्रमको नाममा हाउजिङको व्यापार आश्रमसँगै सडकको पुलतर्फ ठूलठूला घरहरू बनेका छन् । त्यहाँ कोठाहरू खरिद बिक्क्री हुने गर्दछ । अनलार्इन डबलिका अनुसार १५ देखि ६५ लाख रुपैयाँसम्मका कोठाहरू खरिद गर्न सकिन्छ । समाज कल्याण मन्त्रालयमा दर्ता भएको एनजीओले सरकारबाट प्राप्त रेडबुकबाट कसरी पैसा पायो रु अंशुले प्रश्न गरिन् । तपाेवन आश्रममा भित्रै ५ करोडको घर बनाइएको छ । “कर नतिरेको आर्थिक अनियमितता निकै भएको छ । महालेखामा दुई करोड घुसको रकम तिरेर राजश्व छली गरेको त्यहाँको ट्रस्टीले बोलेको आवाज रेकर्ड नै छ । सरकारलाई प्रमाण चाहिएमा हामी प्रमाण नै दिन सक्छौं । मैले भ्रष्टाचार भइरहेकोबारे निवेदन पनि लेखिसके तर पनि सरकार भने चुप छ । म त सरकारलाई प्रश्न गर्छु कसरी सरकारले तपोवनका लागि ३ करोड दियो?” अंशुले भनिन् । ध्यानमा आउनेलाई जुठो भातको प्रसाद खुवाउने गरेको आरोप पनि लागेको छ । रजस्वला भएको बेला पनि महिलालाई छुन नहुने अरुण स्वामीले नराम्रो व्यवहार गर्ने गरेको अंशुले बताइन् ।

“एउटा महिलालाई यौनदुव्र्यहार गरेका थिए, मैले ती महिलालाई भने, ‘मालासाला फालेर बाहिर निस्किन सक्छौं भने आवाज उठाउन किन नसकेको त ? ती महिलाले अहिले त होइन तर एक दिन अवश्य बाहिर आएर आवाज उठाउने छु भनिन् । जुन महिलामाथि त्यस्तो यौन गतिविधि भयो उनै महिला ठूलठला सभाहरूमा महिला सशक्तिकरणको भाषण दिएर हिँड्छन् । यस्ता यौनहिंसा र दुव्र्यव्यवहार गरेको थुप्रै महिलाका कथाहरू छन् । युकेमा शिविर चलाउँदा एक सन्यासीको छोरीको कोठामा गएर त्यस्तै केहि गरेको हुनाले रातारात त्यहाँबाट भागेर जर्मनीको क्याम्प स्थगित गरेर ऋषिकेशमा आएर १० दिन बस्नु परेको पनि सुनिएको थियो” अंशुले अन्तरवार्ताको क्रममा भनिन् ।

अंशुले तपोवनमा अरुणले हतियार समेत राख्ने गरेको खुलासा गरिन् । बादर मार्ने भन्दै हतियार राख्ने गरेको उनले बताइन् ।यसै बिषयमा बुझ्न खाेज्दा तपाेबनकाे मिडिया हेर्ने स्वामि अरहदलाइ फाेनसम्पर्क गर्दा उहांकाे फाेन रिसिभ भएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?