माओवादी नेताहरुलाई आजीवन कारावासको सजायँ
सारांश
- कम्वोडियाका दुई जना वरिष्ठ माओवादी नेताहरुलाई आम नरसंहारको आरोपमा आजीवन कारावासको सजायँ सुनाइएको छ ।
- कम्वोडियामा सन् १९७५ देखि १९७९ सम्म माओवादी कम्युनिष्टहरुको शासन थियो ।
- खमेर रुज नामले चिनिने उनीहरुले सन् १९७५ मा हिंसात्मक सघर्ष गरेर सत्ता कब्जा गरेका थिए ।
कम्वोडियाका दुई जना वरिष्ठ माओवादी नेताहरुलाई आम नरसंहारको आरोपमा आजीवन कारावासको सजायँ सुनाइएको छ । कम्वोडियामा सन् १९७५ देखि १९७९ सम्म माओवादी कम्युनिष्टहरुको शासन थियो । खमेर रुज नामले चिनिने उनीहरुले सन् १९७५ मा हिंसात्मक सघर्ष गरेर सत्ता कब्जा गरेका थिए । त्यस अवधीमा असंख्य मानिसहरुको आम संहार भएको वताइन्छ । 
संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त अदालतले सो सजायँ सुनाएको हो । सो अवधीमा सरकारको दोश्रो वरियतामा रहेका नुओन चेया र राष्ट्र प्रमुखको रुपमा रहेका ख्यु साम्फानलाई आजीवन कारावासको सजायँ सुनाइएको छ । उनीहरु अहिले जेलमा छन् । नुओन चेया ९२ वर्षका छन् भने ख्यु साम्फान ८७ वर्षका छन् ।विश्लेषकहरुले यस घटनाले आम नरसंहारमा सामेल रहेकाहरु बृद्ध अवस्थामा भएपनि उम्कन नपाउने सन्देश जाने वताउँछन् ।नेपालका माओवादी नेताहरुको भविश्यका वारेमा पनि यस्तै विभिन्न अडकल काटिने गरिएको पर्यवेक्षकहरु वताउँछन् ।
प्रतिक्रिया