रच्ला नेपालले इतिहास ? पुग्ला पहिलो पटक फाईनल ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
रच्ला नेपालले इतिहास ? पुग्ला पहिलो पटक फाईनल ?

सारांश

  • काठमाडौँ, २४ भदौ ।
  • बंगलादेशमा जारी १२ औँ साफ च्याम्पियनसिप फूटबलमा नेपालले सेमिफाइनलको यात्रा पक्का गरेको छ ।
  • शनिबार आयोजक बंगलादेशलाई २–० को गोल अन्तरले हराउँदै नेपाल सेमिफाईनल प्रवेश गरेको हो ।

काठमाडौँ, २४ भदौ । बंगलादेशमा जारी १२ औँ साफ च्याम्पियनसिप फूटबलमा नेपालले सेमिफाइनलको यात्रा पक्का गरेको छ । शनिबार आयोजक बंगलादेशलाई २–० को गोल अन्तरले हराउँदै नेपाल सेमिफाईनल प्रवेश गरेको हो । नेपालका लागि विमल घर्ति र नवयुग श्रेष्ठले एकएक गोल गरे । यो नेपालको पाँच वर्ष पछिको सेमिफाईनल यात्रा हो । यसअघि २०१३ मा काठमाडौँमा भएको प्रतियोगितामा नेपाल चाँैथो भएको थियो ।

नेपाल यसअघि चार पटक सेमिफाईनल पुगेपनि फाईनल पुग्न अझै सकेको छैन । नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा पहिलो साफ च्याम्पियनसिप मै आएको थियो जहाँ नेपालले तेस्रो स्थान हात पा¥यो । पाकिस्तान, बंगलादेश र नेपालको समान अंक भएपनि गोल संख्याको आधारमा नेपाल पहिलो स्थानमा छ भने पाकिस्तान र बंगलादेश क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् । नेपाल, पाकिस्तान र बंगलादेशको गाल संख्या क्रमश ७, ५ र ३ रहेको छ । नेपालले भुटान विरुद्ध सर्वाधिक ४ गोल प्रहार गरेको थियो भने बंगलादेशलाई २ र पाकिस्तानलाई १ गोल प्रहार गरेको थियो ।

समूह ए को शिर्ष स्थानमा रहेको नेपालले समूह बि को दोस्रो स्थानमा रहने टोलिसँग सेमिफाईनल खेल खेल्नेछ । समूह बि को भने सबै खेल सकिएको छैन । दुवै सेमिफाईनल खेल १२ सितम्बर अर्थात आउने बुधबार हुनेछन् ।

यदि नेपाल फाईनल सम्म पनि पुग्यो भने त्यो पहिला पटक हुनेछ । तर यहाँ सम्म आइसकेपछि उपाधि कब्जा गर्ने धेयले खेलाडीहरु मैदानमा उत्रनेछन् । साफ च्याम्पियनसिपमा भारतको एकलौटि राज भएको मान्न सकिन्छ । भारतले अहिले सम्म ७ पटक उपाधि जितिसकेको छ । भने श्रृलंका, माल्दिब्स र अफगानीस्तानले एकएक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औद्योगिकीकरणको विकासमा कमजोर कर्णाली, भएका साना उद्योगहरु पनि संकटमा
औद्योगिकीकरणको विकासमा कमजोर कर्णाली, भएका साना उद्योगहरु पनि संकटमा
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
‘प्रधानमन्त्रीमा ओलीजीको सम्भावना बढी’-प्रचण्ड
Diljit Dosanjh and Taapsee Pannu’s Soorma song ‘Ishq Di Baajiyaan’ is a soulful track!
Diljit Dosanjh and Taapsee Pannu’s Soorma song ‘Ishq Di Baajiyaan’ is a soulful track!
मन्त्रिमण्डलमा हेरफेर हुँदैन: प्रधानमन्त्री ओली
मन्त्रिमण्डलमा हेरफेर हुँदैन: प्रधानमन्त्री ओली
लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने !
लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने !
नेकपा एमाले ललितपुरमा उम्मेदवार सिफारिस
नेकपा एमाले ललितपुरमा उम्मेदवार सिफारिस

तपाईंले छुटाउनुभयो कि?