तेस्रोलिङ्गीको विषयमा ‘गुलाबी’ बन्ने
सारांश
- समुन्द्र भट्टको निर्माण तथा निर्देशनमा चलचित्र ‘गुलाबी’ निर्माण हुने भएको छ ।
- तेस्रो लिङ्गीको विषयमा निर्माण हुन लागेको फिल्मको मुख्य भूमिकाको लागि अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् ।
- निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच फिल्म अभिनय सम्झौता भएको हो ।
समुन्द्र भट्टको निर्माण तथा निर्देशनमा चलचित्र ‘गुलाबी’ निर्माण हुने भएको छ । तेस्रो लिङ्गीको विषयमा निर्माण हुन लागेको फिल्मको मुख्य भूमिकाको लागि अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच फिल्म अभिनय सम्झौता भएको हो ।
फिल्मले समाजमा तेस्रो लिङ्गी समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने निर्देशक भट्टले बताइन् । २१ भदौदेखि छायाङ्कन हुने फिल्मको अन्य कलाकार अडिसनबाट छानिनेछन् । फिल्मको पटकथा पनि नाजिर र निर्देशक भट्टले मिलेर लेखेका हुन् । आठ वर्षअघि ‘आधा पेज’ निर्देशन गरेकी भट्ट यही फिल्मबाट निर्देशनमा कम ब्याक गर्न लागेकी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया