सरकार गठन भन्दा पहिला पार्टी एकता : अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सरकार गठन भन्दा पहिला पार्टी एकता : अध्यक्ष प्रचण्ड

सारांश

  • चितवन, १३ माघ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताउनुभएको छ ।
  • प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भन्नुभयो ।

चितवन, १३ माघ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भन्नुभयो ।

उहाँले भन्नुभयो–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलिनै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताउनुभयो ।

देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आवश्यक रहेको अध्यक्ष प्रचण्डले विचार व्यक्त गर्नुभयो ।
अहिलेको काम चलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ती गरेको उहाँले बताउनुभयो ।
उहाँले अहिलेको निर्णयबाट नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको धारणा राख्नुभयो ।

दाहालले भन्नुभयो–“यसले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो ।” सरकारको यो निर्णयप्रति एमाले र माओवादीको मत एउटै रहेको उहाँले बताउनुभयो ।

माडीको बाँदरमुढे घटनामा मृत्यु भएकालाई शहीद घोषणा गरिएको विषयमा टिप्पणी गर्दै उहाँले जस्को नेतृत्वमा सरकार भयो त्यसले आफूखुसी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो– “त्यसको एउटा मापदण्ड बनाएर त्यो भित्र रहेर मात्रै शहीद घोषणा गर्नु राम्रो हुन्छ ।” यद्यपि उहाँले शहीद घोषणा गरेकोमा आफ्नो कुनै आपत्ति भने नभएको बताउनुभयो ।

मधेशवादी दल पनि अब बन्ने वाम गठबन्धनको सरकारमा सहभागी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मधेसवादी दलहरुले उठाएको संविधान संशोधनको विषयमा पनि समझदारी बन्ने सम्भावना रहेको उहाँले आँल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?