बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते

सारांश

  • नुवाकोट, १७ असोज  ः विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।
  • त्रिशूलीबाट काठमाडौँ जान लागेको ना ६ ख ८१४७ नंको बस र काठमाडौँबाट नुवाकोट हुँदै केरुङ जान लागेको बा ३ ख नं कन्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
  • दुर्घटनामा कन्टेनर चालक रसुवा जिल्ला धैबुङका २४ वर्षीय कुमार न्यौपाने, बस चालक नुवाकोट गणेशस्थानका ३४ वर्षीय सन्तोष अधिकारी र अन्य नौ यात्रु घाइते भएकाले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नुवाकोट, १७ असोज  ः विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।

त्रिशूलीबाट काठमाडौँ जान लागेको ना ६ ख ८१४७ नंको बस र काठमाडौँबाट नुवाकोट हुँदै केरुङ जान लागेको बा ३ ख नं कन्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा कन्टेनर चालक रसुवा जिल्ला धैबुङका २४ वर्षीय कुमार न्यौपाने, बस चालक नुवाकोट गणेशस्थानका ३४ वर्षीय सन्तोष अधिकारी र अन्य नौ यात्रु घाइते भएकाले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको अहिले जिल्ला अस्पताल, त्रिशूली, सिटी अस्पताल विदुर र सञ्जिवनी अस्पताल, बट्टारमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको शल्यक्रियासमेत गर्नुपर्ने भएकाले थप उपचारका लागि काठमाडाँै पठाइने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले बताउनुभयो ।

बस आज बिहान ३५ जना यात्रु लिएर त्रिशूलीबाट काठमाडाँै जान लागेको थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?