किष्ट बैंक घोटालामा संलग्न घर्ती र श्रेष्ठ पक्राउ, नयाँ कसुरमा पक्राउ गरेको प्रहरीको दाबी
सारांश
- काठमाडाै, ७ मंसिर ।
- प्रहरीले निजी बैंकमा कार्यरत दुईजना वरिष्ठ अधिकारीहरुलाई बिहीबार साँझ हिरासतमा लिएर अनुसन्धान थालेको छ।
- केन्द्रीय अनुसन्धान ब्युरोले बिएन भन्ने बाल नरसिंह घर्ती र प्रगुन श्रेष्ठलाई पक्राउ गरेको हो।
काठमाडाै, ७ मंसिर । प्रहरीले निजी बैंकमा कार्यरत दुईजना वरिष्ठ अधिकारीहरुलाई बिहीबार साँझ हिरासतमा लिएर अनुसन्धान थालेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले बिएन भन्ने बाल नरसिंह घर्ती र प्रगुन श्रेष्ठलाई पक्राउ गरेको हो।
घर्ती हाल नेशनल ब्याकिङ्ग इन्स्टिच्युटमा आवद्ध छन्। ब्युरो स्रोतका अनुसार उनीहरु किष्ट बैंक घोटला प्रकरणमा सजाय भुक्तानी गरिसकेका व्यक्ति हुन्। उनीहरुलाई पक्राउ गर्नको कारण भने केही खुलाइएको छैन। किष्ट बैंक घोटला प्रकरणका समयमा घर्ती नायब महाप्रबन्धक थिए। घर्तीलाई बैंकिङ क्षेत्रका एक विज्ञको रुपमा समेत लिने गरिएको थियो। किष्ट बैंकबाट सुनको नाममा ढलोट धितो राखेर १४ करोड रुपैयाँ कर्जा दिएको पुष्टि भएको र त्यसमा उनको संलग्नता रहेको यसअघि नै पुष्टि भएको थियो।
प्रतिक्रिया