बलात्कारको सेक्सभिडियो बनाउने, देखाउने अनि साथीलाई पठाउने
सारांश
- महिलासँग यौन सम्पर्क गर्ने, सेक्स भिडियो बनाउने अनि साथीहरुलाई देखाउने ।
- महिलामाथि बलात्कार गर्ने अनि साथीहरुलाई त्यसबारे भन्दा मज्जा लिने ।
- बलात्कारको भिडियो बनाएर राख्ने ।
महिलासँग यौन सम्पर्क गर्ने, सेक्स भिडियो बनाउने अनि साथीहरुलाई देखाउने । महिलामाथि बलात्कार गर्ने अनि साथीहरुलाई त्यसबारे भन्दा मज्जा लिने । बलात्कारको भिडियो बनाएर राख्ने । नाइट क्लबमा कम उमेरका युवतीलाई लागूऔषध सेवन गराएर लठ्ठ पारी पैसावाल मान्छेसँग रकम लिएर बलात्कार गर्न लगाउने । त्यसको भिडियो बनाएर मज्जा लिने ।यो कुनै सामान्य व्यक्तिहरुको व्यवहार नभई सँसारकै चर्चित ब्यान्ड बिग ब्याङका सदस्य सिउङरीको हो । उनीमाथि यौनकर्मीलाई आफ्नो नाइटक्लब व्यवसायमा प्रयोग गरेर रकम आर्जन गरेको अभियोग लागेको छ ।बीबीसीका अनुसार दक्षिण कोरियाको विलासी शहर गाङनाममा यौनकाण्डका भयावह भिडियोहरु रेकर्ड गरिएको भेटिएका छन् । ती भिडियोमा महिलामाथि धेरै पुरुषले यौन दुव्र्यवहार गर्ने गरेको र भिडियो एक अर्कालाई आदानप्रदान गर्ने गरेको देखिन्छ ।
सिउङरीका सेलिब्रिटी साथीहरुमाथि पनि यौनभिडियो च्याटमार्फत् आदानप्रदान गरेको बारे समेत छाविन भएको छ । उनीहरुले महिलामाथि गरेको बलात्कारबारे समेत एक अर्कालाई जानकारी गराउँथे । सिउरिङ र उनीहरुसँग नजिक रहेकाले लागूऔषध सेवन देखि बलात्कार सम्म गर्ने गरेको उजूरी बढ्दै गएको छ ।
यो पनि पढ्नुहोस्
अमेरिकाको दबाबका बाबजुद रुसी सैनिक बिमान भेनेजुयला पुग्यो
अमेरिकाले भेनेजुयलाबाट रुसी सेना हटाउन दबाब दिदै गर्दा रुसी सैनिक बिमान भेनेजुयला पुगेको छ । रुसी सेनाको जेट बिमान सोमबार भेनेजुयला पुगेको हो ।अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आरए ८६४९६ नम्बर भएको रुसी विमान मैकुटिआ अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको भेटिएको थियो । तीन महिना अघि यस्तै रुसी विमान भेनेजुयला पुगेको थियो ।भेनेजुयलामा रुसी प्रभाव रहेको र अहिलेको सरकार रुससँग निकै नजिक छ । दक्षिण अमेरिकामा रुसले अझै प्रभाव बनाइरहेको छ जसलाई अमेरिकाले रुचाएको छैन ।रुसले यसअघि पुगेको सैनिक बिमानले हतियार विक्रीवितरणको सम्झौतासम्वद्ध जानकारहरु बोकेको दाबी गरेको थियो । अमेरिकाले भेनेजुयलामा रुसको सैनिक गतिविधि रहेको भन्दै आपत्ती जनाउने गरेको छ ।
प्रतिक्रिया