९० मिनेटले टर्यो तेस्रो विश्वयुद्ध !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
९० मिनेटले टर्यो तेस्रो विश्वयुद्ध !

सारांश

  • काठमाडौं, ३० जेठ ।
  • भनिन्छ, ‘समय बलवान हुन्छ’ समयले मान्छेलाई दुश्मन त, कतिखेर साथी बनाउँछ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हिजोसम्म कट्टर दुश्मन थिए, आज साथी बनेका छन् ।

काठमाडौं, ३० जेठ । भनिन्छ, ‘समय बलवान हुन्छ’ समयले मान्छेलाई दुश्मन त, कतिखेर साथी बनाउँछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हिजोसम्म कट्टर दुश्मन थिए, आज साथी बनेका छन् । ‘सिंगापुर वार्ता’पछि यी दुश्मन साथी बनेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको ‘सिंगापुर वार्ता’ इतिहासमा लेखिने भएको छ । केही दिनअघिसम्म तेस्रो विश्वयुद्धको खतरा मडारिँदै थियो । तर, आज यी दुई नेताको ९० मिनेटको वार्ताले त्यो टरेको छ ।

भेटवार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘वार्ता एकदमै सकरात्मक भयो ।’ उत्तर कोरियाली नेताको भनाइ पनि त्यही थियो । किमले भने, ‘वार्ता एकदमै राम्रो भयो ।’ उनीहरु पत्रकारसँग बोलिरहँदा धेरै नजिकका साथी जस्तै देखिएका थिए ।

‘सिंगापुर एजेण्डा’को वार्ता सकेपछि ट्रम्पले किमलाई व्हाइट हाउसमा आउन निम्तो थमाए । करिब ९० मिनेटमा उनीहरु यति नजिक भएका थिए, जो दुनियाँले यस्तो हुन्छ भन्ने सोच्न समेच भ्याएका थिएनन् ।

सिंगापुरको ‘कैपेला रिसोर्ट’मा बिहानैदेखि चहलपहल सुरु भएको थियो । जहाँ दुवै जना नेताका आफ्ना मान्छेहरु थिए । त्यहाँ उत्तर कोरियाली नेता किम पहिले आइपुगेका थिए । करिब ३ मिनेटको अन्तरमा  ट्रम्प पनि गाडीमा आए । सुरुमा उनीहरुले एक साथ फोटो सेशन गरेका थिए । जब ट्रम्प र किम रेड कारपेटमा एकसाथ देखिए, संसारका फोटो पत्रकारका क्यामेरा उनीहरुतिर तेर्सिए । दुई महिना अघि पनि उनीहरुले हात मिलाएका थिए, तर तस्बिरका लागि पोज दिएका थिएनन् ।
यो साधारण भेटवार्ता थिएन, कूटनीतिक इन्काउन्टर थियो । किम र डोनाल्ड पहिलोपटक आमने–सामने भएको दुनियाँभरका विश्लेषकहरुले नियालिरहेका थिए ।

‘एउटा एतिहासिक उपलब्धी’ वार्ता सक्नेवितिकै अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘अब हामी सम्झौताअनुसार अगाडि बढने छौं ।’

मंगलबार सिंगापुरमा उत्तर कोरियाली नेता किमसँग वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प निकै खुसी देखिएका थिए । पत्रकारहरुसँग मुस्कुराउँदै प्रश्नमा संक्षिप्त जवाफ दिएका थिए । यो शिखर वार्तामा ट्रम्प र किमले थुप्रै दस्तावेजहरुमा हस्ताक्षर गरेका छन् । जसमा मुख्य परमाणु हतियार नस्ट गर्ने रहेको छ ।

सिंगापुरको सेन्टोसा द्वीपमा उत्तर कोरियाली नेता किम जोङ उनका साथ दस्तावेजमा  हस्ताक्षर गरेपछि ट्रम्पले भने, ‘हामीले एउटा ठूलो समस्याको समाधान गरेका छौं ।’ ट्रम्प पत्रकारसँग दोहोरो बोलिरहँदा किम मुस्कुराइरहेका थिए । किमले संक्षिप्तमा भने, ‘हामीबीच सकरात्मक वार्ता भयो ।’
उत्तर कोरियाले परमाणु नस्ट गर्नेबारे ट्रम्पले भने, ‘हामी एक विशेष अनुबन्धमा छौं । चाँडै निरस्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउँछौं ।

दुवै नेताले संयुक्त कुराकानीको क्रममा पत्रकारसँग राष्ट्रपति ट्रम्पले किम जोङ उनलाई व्हाइट हाउस (अमेरिका) आउन निम्तो दिएको पनि बताए ।

यसैबीच डोनाल्ड ट्रम्पले व्यक्तिगत रुपमा समेत किमलाई तारिफ गरेका छन् । ट्रम्पले भने, ‘किम एकदमै योग्य र समझदार वार्ताकार रहेकाछन् ।’ अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार साँझ नै स्वदेश फकँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?