तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते

सारांश

  • काठमाडौं, ८ मंसिर।
  •   काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहारबाट दुई युवा घाइते भएका छन् ।
  • दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं, ८ मंसिर।  काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहारबाट दुई युवा घाइते भएका छन् । दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । अनिल श्रेष्ठ नाम गरेका एक र अर्का घाइतेको नाम खुलेको छैन । उनीहरु अन्दाजी २० वर्षका भएको प्रहरीले बताएको छ ।

शनिबार दिउसो १ बजेतिर भएको यस घटनाको कारण भने अझै पत्ता लागेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बताएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई घाइते दौडिदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए ।
त्यसपछि स्थानीय पसलेले प्रहरीलाई खबर गरी घाइतेलाई अस्पताल पठाएका हुन् । सोही क्षेत्रमा यसअघि पनि पटक पटक सामूहिक झगडा हुने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?