रजिष्ट्रेशन फर्म भर्न घरबाट हिँडेकी १७ वर्षीया युवती बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
रजिष्ट्रेशन फर्म भर्न घरबाट हिँडेकी  १७ वर्षीया युवती बेपत्ता

सारांश

  • काठमाडौं, १६ असोज ।
  • उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल गत भदौ २२ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।
  • मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले यस्तो जानकारी गराएको हो ।

काठमाडौं, १६ असोज । उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल गत भदौ २२ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले यस्तो जानकारी गराएको हो । कक्षा १२ मा अध्ययनरत उनी कलेजको रजिष्ट्रेशन फर्म भर्न घरबाट हिँडेकी थिईन् । तर, सोही दिन उनी सम्पर्कमा नआएको उनका दाजु परशुराम पोखरेलले जानकारी दिए ।

उनले भने,‘मेरी बहिनी भदौ २२ गतेदेखि हाम्रो सम्पर्कमा छैनन् । यो विषय प्रहरी प्रशासनलाई पनि जानकारी गराइसकेका छौं । तर, प्रहरीले बहिनीको खोजतलासमा ढिलासुस्ती गरेको हामीलाई महशुस भएको छ ।’  त्यस्तै प्रहरीसँगै महिला अधिकार, माईती नेपाल र विभिन्न अधिकारकर्मीहरुसँग आफूहरुले बहिनीको खोजीको लागि हार गुहार गरेको पनि दाजु परशुरामले सुनाए । आफूहरुले बहिनी हराएको तीन दिनपछिमात्रै प्रहरीमा खबर गरेको उनले जनाए ।  उनले आफूहरुले बहिनीको मोवाईलको कल डिटेल हेर्दा र उनले प्रयोग गर्ने फेशबुक हेर्दा घरबाट निस्किएको दिन अर्थात् भदौ २२ गते बिहान जहानसिंह भुजेलसँग निरन्तर फोन सम्पर्क गरेको देखिएको र अहिले भुजेलको नम्बरमा सम्पर्क गर्दा उक्त नम्बरपनि बन्द रहेको सुनाए ।

त्यस्तै नयाँ शक्ति पार्टी नेपालकी प्रदेश नम्बर २ की महिला संयोजक तारादेवी भण्डारीले आफूहरुलाई सुरुमा छोरीले भागी विवाह गरेकी होलिन भन्ने शंका लागेकोले प्रहरी प्रशासनमा ढिलो उजुरी भएको स्पष्ट पारिन् । उनले भनिन् ‘सुरुमा हामीलाई छोरीले विवाह गरिन् होला भनेर शंका लागेकै कारण खोजीमा ध्यान दिएनौं । तर, पछि हामीले प्रहरी प्रशासनमा उजुरी दिँदा पनि खोजी कार्यमा ढिलासुस्ती देखायो । प्रहरीले चासो देखाएकोजस्तो हामीलाई अनुभुति भएको छैन् ।’हराएकी निज पोखरेलकी सानिआमा समेत रहेकी नेतृ भण्डारीले छोरी हराएको करिब एक महिना बितिसक्दापनि अहिलेसम्म कुनै उनको बारेमा कुनै जानकारी नहुनु र प्रहरीले पनि केही पत्ता लगाउन नसक्नुले परिवारमा थप पीडा उत्पन्न गराएको बताईन् । उनले भनिन्,‘निर्मला पन्तकोजस्तै हाम्री छोरीको त्यस्तै घट्ना नहोस् । छिटोभन्दा छिटो उनको खोजी होस् ।’

पछिल्लो समय मुलुकमा हत्या, हिंसा, बलात्कार र अपहरणजस्ता घट्नाहरु दिनप्रतिदिन घटिरहेको बताउँदै उनले यस्तो घट्नाका दोषी र अपराधीहरुलाई कारबाही गर्न सरकार चुकेको भन्दै गुनासो पोखिन् । उनले भनिन्,‘सरकारले जनताको सेवा गर्न सक्दैन भने कुर्सीमा बस्नुको कुनै अर्थ छैन् ।’
प्रहरीसँग आफूहरुले छोरी हराएको घट्ना जानकारी गराउँदा प्रहरी प्रशासनले उल्टै यस्ता घट्नाहरु धेरै रहेको सुनाएको उनले जनाईन् । उनले भनिन्,‘प्रहरी प्रशासनले हाम्रो जस्तो घट्नाहरु आफूहरुकहाँ धेरै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो
विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो
उच्च सैनिक अधिकृत सम्मेलन शुरु !
उच्च सैनिक अधिकृत सम्मेलन शुरु !
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख
पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख
बैंक तथा वित्तीय संस्थाको आफैं सिईओ नियुक्त गर्न नपाउने !
बैंक तथा वित्तीय संस्थाको आफैं सिईओ नियुक्त गर्न नपाउने !
प्रम ओलीद्वारा कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको स्वागत
प्रम ओलीद्वारा कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको स्वागत
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने राजपालाई प्रधानमन्त्रीको आश्वासन
एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने राजपालाई प्रधानमन्त्रीको आश्वासन