उपनिर्वाचनको तयारी पूरा : उम्मेदवारको मनोनयन आज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
३५ पटक हेरिएको
Shares
उपनिर्वाचनको तयारी पूरा : उम्मेदवारको मनोनयन आज

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ।
  • आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको तयारी पूरा भएको र बिहीबारबाट कार्यान्वयनको चरणमा जाने बताए।

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको तयारी पूरा भएको र बिहीबारबाट कार्यान्वयनको चरणमा जाने बताए। ‘आयोगले उपनिर्वाचनको तयारी सकेको छ, अब निर्वाचनको कार्यान्वयनको क्रममा आयोग अगाडि बढ्यो,’ प्रमुख आयुक्त थपलियाले भने।

प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन हेर्दा सामान्य र सानोजस्तो देखिए पनि राजनीतिक अर्थ र महŒव बोकेको निर्वाचनको महत्व भने व्यापक रहेको भन्दै खर्चका हिसाबले समेत उपनिर्वाचन महँगो हुने बताए । ‘उपनिर्वाचन हेर्दा सानो जस्तो छ, मतदाता पनि थोरै छन् तर यसको महŒव राजनीतिक हिसाबले ठूलो छ, खर्चका हिसाबले पनि उपनिर्वाचन महँगो पर्ने देखिन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलनमा भने।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुनेछ।
निर्वाचनमा ३७ जिल्लामा गरी कुल ४ लाख ५४ हजार ११४ जना मतदाता कायम गरिएको र उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।

उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम ५ देखि ११ मंसिरसम्म सञ्चालन हुनेछ। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको तयारी छ। स्थानीय तहका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म हुनेछ। उपनिर्वाचनका लागि १४ मंसिरमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन भन्दै आयोगले ८ मंसिरबाटै आचारसंहिता लागू गरिसकेको छ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
Aviator oyna və qazan Rəsmi sayti Aviator Azerbayca
मोबाइलदेखि मोटरसाइकलसम्म १० प्रकारका सामान नेपाल भित्र्याउन रोक
मोबाइलदेखि मोटरसाइकलसम्म १० प्रकारका सामान नेपाल भित्र्याउन रोक
कामपालाई पशुबधस्थल व्यवस्थापन गर्न चुनौती
कामपालाई पशुबधस्थल व्यवस्थापन गर्न चुनौती
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
भदौ ३० देखि अवैध मोबाइल आयात रोक्ने ‘एमडीएमएस’ लागू हुने
भदौ ३० देखि अवैध मोबाइल आयात रोक्ने ‘एमडीएमएस’ लागू हुने
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा
प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट
प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट