कालीगण्डकीमा पुल निर्माण शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • बेझाड, ९ मङ्सिर , कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ ।
  • पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो ।
  • युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी लिएपछि अहिले पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

बेझाड, ९ मङ्सिर , कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो ।

युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी लिएपछि अहिले पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका अध्यक्ष पूर्णमान हिराचनले बताउनुभयो । २११ मिटर लम्बाइ र नौ मिटर चौडाइ रहेको डबल लेनको पुल निर्माण हुने उहाँले जानकारी दिनुभयो ।
शनिबार पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देल र निर्माण कम्पनीका अध्यक्ष पूर्णमान हिराचनले सामूहिक रुपमा जग पूजा गर्नुभयो । यहाँ पुल निर्माण भएपछि पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका र तनहुँको घिरिङ्ग गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा प्रत्यक्ष सुविधा पुग्नेछ । प्रदेश नं ४ र ५ लाई जोड्ने यो पुलले कालीगण्डकीबेशीको विकासमा ठूलो टेवा पुग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?