काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)

सारांश

  • काठमाडौं ।
  • नेपाली काँग्रेसको विधान मस्यौदा समितिले तयार पारेको विधानको मस्यौदा काँग्रेस केन्द्रीय समितिमा पेश भएको छ ।
  • आइतबार समितिमा मस्यौदा पेश भएको हो ।

काठमाडौं । नेपाली काँग्रेसको विधान मस्यौदा समितिले तयार पारेको विधानको मस्यौदा काँग्रेस केन्द्रीय समितिमा पेश भएको छ । आइतबार समितिमा मस्यौदा पेश भएको हो । जारी केन्द्रीय समिति बैठकमा विधानबारे छलफल शुरु भएको काँग्रेस मुख्यालयले जानकारी दिएको छ । फरक मतसहितको मस्यौदा समितिमा पेश भएको हो । मस्यौदामा नेताहरुलाई दोहोरो जिम्मेवारी नदिने प्रस्ताव गरिएको छ । अब कांग्रेसको विधानमा एक व्यक्ति, एक पदको व्यवस्था हुनेछ । विभाग र भातृ संस्थाहरूमा समेत दोहोरो जिम्मेवारी नदिइने गरी मस्यौदा तयार गरिएको छ ।

प्रस्तावित मस्यौदाअनुसार पदाधिकारीहरु पनि बढ्ने छैनन् । बैठकमा पेश गरिएको मस्यौदामा पदाधिकारीबारे पुरानै व्यवस्था कायम हुने उल्लेख गरिएको छ । तर, यसमा नेता रामचन्द्र पौडेल पक्षले फरकमत राखेको छ। उसले पदाधिकारीको संख्या बढाउने र सबै निर्वाचित हुनुपर्ने प्रस्ताव राखेको छ । फरक मतमा उपसभापति ३ जना र सहमहामन्त्री ५ देखि ७ जनासम्म हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

देश संघीयतामा गएपछि काँग्रेसले पहिलो पटक संघीय संरचनाअनुसार पार्टीको विधान तयार पार्दै छ । संघीय संरचनाअनुसार विभन्न तहमा ४ वटा संसदीय बोर्ड रहने उल्लेख छ । जसअनुसार केन्द्रीय संसदीय बोर्ड, प्रतिनिधिसभा संसदीय बोर्ड, प्रादेशिक संसदीय बोर्ड र जिल्ला संसदीय बोर्ड रहनेछन् ।

मस्यौदामा संघीता अनुरूपको संगठन निर्माण गर्ने उल्लेख गरिएको छ । जसअनुसार ५०० देखि एक हजार ५०० जनसंख्या भएको बस्तीलाई टोल मानेर टोलदेखि नै संगठन निर्माण गरिने छ । जसमा ६० प्रतिशत खुला र ४० प्रतिशत समानुपातिकको व्यवस्था हुने छ । एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चितता रहनेछ ।

प्रतावित मस्यौदामा निर्वाचनका लागि सिफारिस हुने उम्मेदवारको योग्यता तोक्ने, ३ जनाभन्दा बढी उम्मेदवार सिफारिस गर्न नपाउने, निर्वाचनभन्दा एक महिना पहिले नै उम्मेदवार तय गरिसक्नु पर्नेसमेत उल्लेख गरिएको छ ।
विधान मस्यौदा सम्बन्धी छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक यही मंसिर १३ गते बस्नेछ ।
सो विधानको मस्यौदा आसन्न पार्टीको महासमिति बैठकमा पेश गरिनेछ ।

[pdf-embedder url=”https://shikharkhabar.com/wp-content/uploads/2018/11/नेपाली-कांग्रेसको-बिधान-मस्याैदा-1.pdf” title=”नेपाली कांग्रेसको बिधान मस्याैदा”]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?