गोलभेडाको दाम झर्यो २ रुपैयामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
४५० पटक हेरिएको
Shares
गोलभेडाको दाम झर्यो २ रुपैयामा

सारांश

  • सर्लाही – यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् ।
  • भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो ।
  • एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् ।

सर्लाही –

यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो ।

एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् । खर्चिलो र निकै मिहिनेतले उत्पादन हुने गोलभेडा बेचेर लागतसमेत उठाउन नसकेको किसानको गुनासो छ । किसान भन्छन “गोलभेडा बेचेर टिप्ने र ढुवानी गर्ने खर्चसमेत पुग्दैन । खेतमै जानु बेकार भइसक्यो, टिप्ने र ढुवानी गर्नेलाई दिन पनि पुग्दैन । यस वर्ष सुरुदेखि नै गोलभेडाले भाउ पाएन । रोप्ने बेला असोजमा पानी परेर यस वर्ष उत्पादन नै ढिला भएको थियो ।

भारतीय गोलभेडा बजारमा आएपछि स्थानीय उत्पादन सुरुदेखि नै सस्तो हुन पुगेको उनले बताए । किलोको ५० रुपैयाँसम्म सजिलै बिक्री हुने गोलभेडा सस्तिएर किलोको २ रुपैयाँमा झरेको छ । सर्लाहीबाट दैनिक १ लाख किलोभन्दा बढी गोलभेडा काठमाडौं लगायतका ठूला सहरमा पुग्छ ।

गोलभेडाको भाउ घट्दा किसानलाई दैनिक लाखौं घाटा हुन्छ । ‘किलोमा एक रुपैयाँ घट्दा पनि किसानलाई  पाउने रकममा १ लाख घाटा हुन्छ,। हजारौं किसानको रोजीरोटी र जीवनसँग जोडिएको खेती हो । उल्टै घाटा खाएपछि त किसान टाट पल्टिने अवस्था आयो । गोलभेडाका ब्यापारी भन्छन  । “भारतीय उत्पादन भित्रिएका कारण नै यस वर्ष भाउ बिग्रिएर किसानलाई घाटा भएको हो । ‘भारतीय गोलभेडाले नै बजारमा भाउ घटायो। यस वर्ष किसानलाई गोलभेडा खेतीबाट निराशा मात्र हात लाग्यो । लगातार भाउ घटेकाले व्यापारी पनि घाटामा परे ।”

सिँचाइ सुविधा नभए पनि जिल्लाका उत्तरी भेगमा ठूलो परिमाणमा गोलभेडा खेती हुन्छ । गोलभेडा खेतीले किसानको जीवनस्तर उकासेको थियो । यस वर्ष भाउ घटेपछि किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली बजारमा प्रतिबन्धित र गुणस्तरहीन भारतीय खानेतेल
नेपाली बजारमा प्रतिबन्धित र गुणस्तरहीन भारतीय खानेतेल
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै
भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै
पर्समा यी चिज राखे कंगाल भइने सम्भावना !
पर्समा यी चिज राखे कंगाल भइने सम्भावना !
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
अब देखि हजारको नोटमा नेपाली हात्ती
अब देखि हजारको नोटमा नेपाली हात्ती
मधेसमा छैन होलीको रौनक, शोकमा सामुहिक केश मुण्डन
मधेसमा छैन होलीको रौनक, शोकमा सामुहिक केश मुण्डन
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
सिरहामा युवकलाई खाल्डोभित्र गाडेको सात घण्टापछि जीवितै निकालियो
सिरहामा युवकलाई खाल्डोभित्र गाडेको सात घण्टापछि जीवितै निकालियो

तपाईंले छुटाउनुभयो कि?