जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
३० पटक हेरिएको
Shares
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…

सारांश

  • असार १२, २०७४- एयर एसियाको ए ३३० विमान अस्ट्रेलियाको पर्थबाट मलेसियाको क्वालालम्पुर जाँदै थियो ।
  • विमान पर्थबाट ३५९ यात्रुसहित बिहान ६:४० बजे उड्यो ।
  • बीच आकाशमा उडिरहेका बेला विमान एक्कासि थरथर हल्लन थाल्यो– कुनै वासिङ मेसिन चलेजस्तै ।

असार १२, २०७४- एयर एसियाको ए ३३० विमान अस्ट्रेलियाको पर्थबाट मलेसियाको क्वालालम्पुर जाँदै थियो । विमान पर्थबाट ३५९ यात्रुसहित बिहान ६:४० बजे उड्यो ।

बीच आकाशमा उडिरहेका बेला विमान एक्कासि थरथर हल्लन थाल्यो– कुनै वासिङ मेसिन चलेजस्तै । यही बीचमा पाइलटले घोषणा गरे, ‘विमान पर्थ फर्कंदै छ, तपाईंहरू सबैले प्रार्थना गर्नुहोला ।’

विमान असन्तुलनको अवस्थामा छ र पाइलटले प्रार्थना गर्नु भनिरहेका छन् । यस्तो अवस्थामा यात्रुको के हालत होला ? एक यात्रुले इन्स्टाग्राममा लेखेका छन्, ‘मलाई लाग्यो म मर्दै छु ।’ अर्की यात्रु सोफी निकोलसका अनुसार पाइलटले यात्रुलाई प्रार्थना गर्न आग्रह गर्दै आफू पनि प्रार्थना गर्ने र सकुशल फर्कने आशा गरेपछि यात्रुबीच झन् त्रास फैलिएको थियो । विमानको यही अवस्थाको एक यात्रुले भिडियो खिचेर सामाजिक सञ्जालमा समेत राखेका छन् ।

एयर एसियाको फ्लाइट डी ७२३७ पर्थबाट बिहान ६ः४० बजे उडेकोमा १० बजे फर्किएको थियो । विमान कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाहुनाको सुरक्षा हाम्रो परम कर्तव्य हो ।’ पर्थ विमानस्थलका प्रवक्ताले पाइलटले विमानको इन्जिनमा प्राविधिक समस्या समयमै पहिचान गरेकाले सुरक्षित रूपमा पर्थ विमानस्थल फर्कन सफल भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !
सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन
सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन
ओली सरकारको भ्रष्टाचार काँग्रेसले खोजेर सार्वजनिक गर्छ : प्रदीप पौडेल
ओली सरकारको भ्रष्टाचार काँग्रेसले खोजेर सार्वजनिक गर्छ : प्रदीप पौडेल
‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
चरखण्डीमा दर्शनार्थीको घुइँचो
चरखण्डीमा दर्शनार्थीको घुइँचो
के छ बामदेव गौतमको फरकमतमा ? पूर्णपाठ पढ्नुहोस् !
के छ बामदेव गौतमको फरकमतमा ? पूर्णपाठ पढ्नुहोस् !
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?