यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
सारांश
- काठमाडौ, ११ मंसिर।
- गायिका यशोदा खालिङ्ग राईको ” आउछौ तिमी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
- “यशोदा २” गीति एल्बममा रहेको उक्त न्युजिक भिडियो हालै सार्वजानिक गरिएको हो ।
काठमाडौ, ११ मंसिर। गायिका यशोदा खालिङ्ग राईको ” आउछौ तिमी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । “यशोदा २” गीति एल्बममा रहेको उक्त न्युजिक भिडियो हालै सार्वजानिक गरिएको हो । यो गीतको म्युजिक भिडियोमा समाजसेवी, ब्युटीसियन तथा गीतकार ममता राई, कोरियोग्राफर रमेश सुनुवारको शसक्त अभिनय रहेको छ । म्युजिक भिडियोमा कमला राई र मेलिशा राईले अभिनयमा साथ दिएका छन् ।
आर्जु बिष्ट सल्यानीको शब्द रचनालाई पविधन खालिंग राईले संगीत गरेका छन् । यो गीतको एरेन्ज राजन इशानले गरेका हुन् भने मिक्सिङ्ग किशोर थापाले गरेका हुन् । शम्भु मोक्तान र ओम कर्मचार्याले अमेरिका न्युयोर्कको विभिन्न स्थानमा यो गीतको भिडियोलाई कैद गरेका हुन् भने म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा कोरियो ग्राफ र निर्देशन पनि रमेश सुनुवार आफैले नै गरेका छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला
प्रतिक्रिया