नेकपा सांसद गुरुङ अदालतमा हाजिर
सारांश
- काठमाडौं।
- ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपा सांसद पार्वत गुरुङ आइतबार अदालतमा हाजिर भएका छन्।
- नेकपाबाट दोलखाबाट प्रतिनिधिसभामा निर्वा्चित गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्।
काठमाडौं। ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपा सांसद पार्वत गुरुङ आइतबार अदालतमा हाजिर भएका छन्। नेकपाबाट दोलखाबाट प्रतिनिधिसभामा निर्वा्चित गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्।
दोलखाकै विरध्वज खड्काले गुरुङ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले गएको असोज ८ गते पक्राउ पुर्जी जारी गरेको थियो। गुरुङ आइतबार अदालतमा हाजिर भएसँगै यो मुद्दा अगाडि बढ्ने भएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया