रारा घुम्न गएका स्याङजाको मेयरकाे टाउकाेमा ५ वटा टाँका !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १८ कात्तिक।
  • रारा भ्रमणमा आएको स्याङजाको चापाकोट नगपालिकाका टोलीले रक्सि खाएर झगडा गर्दा मेयरसहित केहि घाइते भएका छन् ।
  • शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा राति करिब २ बजेतिर झडप हुँदा घाइते भएका हुन् ।

काठमाडाै, १८ कात्तिक। रारा भ्रमणमा आएको स्याङजाको चापाकोट नगपालिकाका टोलीले रक्सि खाएर झगडा गर्दा मेयरसहित केहि घाइते भएका छन् । शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा राति करिब २ बजेतिर झडप हुँदा घाइते भएका हुन् । घाइतेहरूलाइ अहिले जिल्ला अस्पतालमा उपचार गराइरहेको छ । नगरप्रमुख शिव गिरीको टाउकोमा ५ वटा टाँका, गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका, नगर प्रहरी इन्चार्ज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको स्रोतले जनायो ।

स्याङजाको टोलीको भक्तपुरबाट रारा भ्रमण आएको टोलीसँग च्याङग्राको मासु पोलेर खाने बेलामा अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको होटल स्रोतले बतायो । कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण झगडा भएको हो । घटनाको यथार्थ बुझ्ने काम भइरहेको कार्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?