इनरुवामा बसपार्क बनाइँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
इनरुवामा बसपार्क बनाइँदै

सारांश

  • इटहरी, १३ मङ्सिर , सदरमुकाम भए पनि विकास निर्माणका दृष्टिकोणले पछि परेको सुनसरीको इनरुवामा निर्माण भई रहेको सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
  • इनरुवा नगरपालिकाले जग्गा उपलब्ध गराउनेदेखि लिएर व्यवस्थापकीय सहयोगमा निर्माण भइरहेको बसपार्क चाँडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनुभयो ।
  • सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइअन्तर्गत तराईका जिल्ला सदरमुकाम क्षेत्रमा विभिन्न विकास निर्माणका काम गर्ने सरकारको नीतिअनुसार स्मार्ट सिटी कार्यक्रममा सो बसपार्क परेको छ ।

इटहरी, १३ मङ्सिर , सदरमुकाम भए पनि विकास निर्माणका दृष्टिकोणले पछि परेको सुनसरीको इनरुवामा निर्माण भई रहेको सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

इनरुवा नगरपालिकाले जग्गा उपलब्ध गराउनेदेखि लिएर व्यवस्थापकीय सहयोगमा निर्माण भइरहेको बसपार्क चाँडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनुभयो । सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइअन्तर्गत तराईका जिल्ला सदरमुकाम क्षेत्रमा विभिन्न विकास निर्माणका काम गर्ने सरकारको नीतिअनुसार स्मार्ट सिटी कार्यक्रममा सो बसपार्क परेको छ ।

एक बिघा क्षेत्रफलमा कूल रु दश करोड लागतमा एक टर्मिनल भवनसहित यात्रु प्रतीक्षालय, मर्मत क्षेत्र, गाडी बिक्री गन्त्वयमा पुग्न नसक्ने अवस्थामा यात्रुलाई बास बस्न मिल्ने रेष्टुराँ, सुरक्षाका लागि सिसी टिभी क्यामरा, सौर्य बत्ती जडान गरिएको सङ्घीय शहरी विकास अयोजना कार्यान्वयन एकाइ विराटनगरका सव इञ्जिनीयर राजकुमार मिश्र बताउनुहुन्छ ।

बसपार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कालिका कन्ट्क्सनका इञ्जिनीयर प्रेम लामाले सम्झौता समयअघि नै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिने बताउनुभयो । बसपार्कमा पूर्व तथा पश्चिम दुवैतर्फबाट प्रवेश गर्ने तथा बाहिर निस्कने व्यवस्थासहितको एक किलोमिटर सडकसमेत बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमाथि किन खनिए देउवा ?
भारतमाथि किन खनिए देउवा ?
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा
उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा
संक्रमित बालिका त्रिवि अस्पतालमै आइसोलेशनमा, सेवा निरन्तर
संक्रमित बालिका त्रिवि अस्पतालमै आइसोलेशनमा, सेवा निरन्तर
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता
चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
अवैध शरणार्थीकाे केन्द्र बन्दै नेपाल
अवैध शरणार्थीकाे केन्द्र बन्दै नेपाल

तपाईंले छुटाउनुभयो कि?