फुसको छाना हटाउँदै शिवराज नगरपालिका

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
४४ पटक हेरिएको
Shares
फुसको छाना हटाउँदै शिवराज नगरपालिका

सारांश

  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) २२ भदाै।
  • कपिलवस्तुको शिवराज नगरपालिकाले फुसको छानो हटाउँने अभियान सुरु गरेको छ ।
  • नगरपालिकाले यस बर्ष फुसको छाना हटाउने अभियान सञ्चालन गरेको हो ।

माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) २२ भदाै। कपिलवस्तुको शिवराज नगरपालिकाले फुसको छानो हटाउँने अभियान सुरु गरेको छ । नगरपालिकाले यस बर्ष फुसको छाना हटाउने अभियान सञ्चालन गरेको हो । शुरुमा मधेशि समुदायका वाहुल्यता रहेको ठाउँमा फुसको छानो धेरै रहेको हुदाँ अभियान वडा न ८ वाट अभियान संचालन गरेको शिवराज नगरपालिकामा मेयर नेत्रराज अधिकारीले वताए । उनले भने “दलित, गरिब र अतिविपन्न घरपरिवारको फुसको छाना हटाई जस्तापाता लगाउने अभियान सुरु गरेका छौ त्यसैले यसवर्षवाटै यो अभियान संचालन गरेका छौ” ।

हिउँदको समयमा मुख्य त फुसको घरमा आगोलागी हुने हुदाँ र हरेक वर्ष छाना फेर्नुपर्ने झन्झट रहेकोले जस्तापाताले लगाउन नगरपालिकाले २० लाख रकम छुट्टयाएको वताइएको छ । नगरपालिका भित्र रहेका सबै फुसका घर हटाई जस्तापाता लगाउने योजना भएपनि बजेट अभावले यो बर्ष एउटा वडालाई मात्र छानिएको मेयर अधिकारले भने ।अन्य रकम भएमा अर्का वडामा समेत संचालन गरिने अधिकारीको भनाई छ । बर्खा सकिए संगै वडा भित्र कति घरधूरी फुसको छानो भएका छन्् तथ्याङ्क संकलनको काम थालिएको नगर प्रमुख अधिकारीको भनाई छ । वडा अध्यक्ष, सदस्य र टोलविकास संस्थाबाट सिफारिस भएर आए पछि नगरपालिकाले काम थाल्ने उनले जनाए । नगररप्रमुख अधिकारीले आफ्नो कार्यकालमै सम्पुर्ण नगरलाई फुसको छानो रहित बनाउने प्रतिवद्धता जनाए ।

जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित शिवराज नगरपालिका आगलागीको उच्च जोखिम भएको क्षेत्रमा पर्दछ । हरेक बर्ष गर्मियाममा आगलागीबाट करोडौको क्षति हुदै आएको छ । नगरपालिकाले फुसको छानो हटाएर जस्तापात दिए संगै आगलागीको घटनामा पनि न्यूनिकरण आउने नगरपालिकाको अपेक्षा छ । शिवराज नगरपालिका को पश्चिम क्षेत्र वाट अभियान संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेसकान्त पौडेलले वताए । स्थानिय नागरिकले अन्य काम गरिसकेपछी नगरपालिकाले जस्ता पाता दिने पौडेलले वताए । पुर्वी क्षेत्रमा फुसको घर कम रहेको हुदाँ पश्चिम क्षेत्र वाट सुरु गरिएको नगरपालिकाले जनाएको छ ।विगतका वर्षमा पनि अभियान संचालन गर्ने भनेपनि वजेटको अभावले नसकिएको अधिकृत पौडेलले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री निधीसँग स्पष्टीकरण लियो
पिकनिकमा खुकुरी हानाहान
पिकनिकमा खुकुरी हानाहान
जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…
जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
सिफारिस लेख्दैमा ठिक्क छ वडाध्यक्षहरुलाई
सिफारिस लेख्दैमा ठिक्क छ वडाध्यक्षहरुलाई
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित
परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित