इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
४६ पटक हेरिएको
Shares
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत

सारांश

  • इटहरी, असार २३ – इटहरी उपमहानगरपालिकामा शुक्रबार मतगणना सकिएको छ ।
  • मेयरमा १५ जनाले उम्मेदवार थिए जसमा कांग्रेस र एमालेको बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।
  • एमालेले मेयर उपमेयर दुवै पद जितेको छ ।

इटहरी, असार २३ – इटहरी उपमहानगरपालिकामा शुक्रबार मतगणना सकिएको छ । मेयरमा १५ जनाले उम्मेदवार थिए जसमा कांग्रेस र एमालेको बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।

एमालेले मेयर उपमेयर दुवै पद जितेको छ । एमालेका मेयरका प्रत्यासी द्वारीकलाल चौधरीले २२ हजार ६ सय ८९ मत ल्याउँदै विजयी हुनुभएको छ ।

यसैगरी उपमेयरमा लक्ष्मी गौतम २१ हजार ८ सय ४२ मत ल्याउँदै  विजयी हुनु भयो । मेयरमा नेपाली कांग्रेसका प्रत्यासी रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत ल्याउनु भयो । उपमेयरमा नेपाली कांग्रेसका बिमला शिवाकोटी ढकालले १८ हजार ३ सय ५२ मत प्राप्त गर्नु भएको छ ।

ती मध्ये माओवादी केन्द्रका हरीमाया जिमीले ३ हजार ६ सय ६४ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रका उपमेयरका प्रत्यासी भिम सुवेदीले ४ हजार १ सय ३१ मत प्राप्त गर्नु भएको छ ।

इटहरीमा कांग्रेस र एमाले बाहेक अन्य दलका उम्मेदवारको जमानत जफत भएको इटहरीका निर्वाचन अधिकृत भरतमणी रिजालले जानकारी दिनु भयो । बिहान भएको पत्रकार सम्मेलनमा इटहरीमा राप्रपाका मेयरका प्रत्यासी रोहित बहादुर कार्कीले ३ हजार ७ सय १५ मत र उपमेयरका प्रत्यासी माया रायमाझीले ३ हजार ९ सय १९ मत प्राप्त गरेको जानकारी दिइएको छ ।

मेयरमा सबैभन्दा कम मत स्वतन्त्र उम्मेदवार वीरबहादुर काफ्लेले ६ मत ल्याउनु भएको छ भने उपमेयरमा सबैभन्दा कम मत रुझा घिमिरेको शून्य मत रहेको छ । रुझा घिमिरे चुरे भावर पार्टीबाट इटहरीको उपमेयरमा उम्मेदवार बन्नु भएको थियो ।

यसैगरी इटहरी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बन्नु भएका पन्नालाल चौधरीले २२ मत ल्याउनु भएको छ । यस्तै रामप्रसाद रेग्मीले ८ मत ल्याउनु भएको छ । इटहरीकै मेयरका प्रत्यासी खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका उम्मेदवारले ८५ मत ल्याउनु भएको छ । इटहरीमा माओवादी केन्द्रले एउटा वडा सदस्य मात्रै जितेको छ ।

एमालले इटहरीमा ८ वटा वडामा वडाअध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले ११ वटा वडा अध्यक्ष जितेको छ । एउटा भने नेपाल लोकतान्त्रिक फोरमले जितेको छ । वडा नम्बर १० मा नेपाल लोकतान्त्रिक फोरमका प्रकाश चौधरी विजयी हुनु भयो । इटहरीमा ५७ हजार ४ सय ७६ मत खसेको थियो । इटहरी उपमहानगरमा  ७७ हजार ६ सय ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण
भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
समलिङ्गी भएकै कारण नागरिकता नबनेको भन्दै गुनासो
समलिङ्गी भएकै कारण नागरिकता नबनेको भन्दै गुनासो
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
हुम्लामा वाम गठबन्धन धरापमा
हुम्लामा वाम गठबन्धन धरापमा
दीपकराज जोशीपछि संसदीय सुनुवाईमा ओमप्रकाश मिश्र, के होला निर्णय ?
दीपकराज जोशीपछि संसदीय सुनुवाईमा ओमप्रकाश मिश्र, के होला निर्णय ?
भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
एकताको चर्चाले देखियो प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश
एकताको चर्चाले देखियो प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश