चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता
सारांश
- काठमाडौं।
- सरकारले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएको छ।
- आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो।
काठमाडौं। सरकारले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो।
पौडेललाई फिर्ता बोलाउने र चीनका लागि पूर्व राजदूत नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम प्रस्ताव गरेको जनाइएको छ।
पाण्डे यसअघि पनि चीनका लागि राजदूत भइसकेका व्यक्ति हुन्। उनलाई तत्कालीन काँग्रेस–माओवादीको गठबन्धन सरकारले फिर्ता बोलाएको थियो।
पौडेललाई फिर्ता बोलाउने चर्चा ललिता निवास प्रकरणमा उनले अख्तियारमा बयान दिएसँगै आएको थियो। तर, अख्तियारले उनलाई आरोपी बनाएन।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया