सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
सारांश
- काठमाडौँ, १४ मंसिर ।
- म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु कीको कारकेडमा खटिएको प्रहरीको मोटरसाइकल बिहिबार साँझ दुर्घटनाग्रस्त बनेको छ ।
- सु कीलाई सोल्टी होटल पुर्याएर फर्किने क्रममा साँझ करिब ७ः३० बजे त्रिपुरेश्वरमा प्रहरीको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा १ ज ६५७७ नम्बरको निलो माइक्रोसँग ठोक्किएको थियो ।
काठमाडौँ, १४ मंसिर । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु कीको कारकेडमा खटिएको प्रहरीको मोटरसाइकल बिहिबार साँझ दुर्घटनाग्रस्त बनेको छ । सु कीलाई सोल्टी होटल पुर्याएर फर्किने क्रममा साँझ करिब ७ः३० बजे त्रिपुरेश्वरमा प्रहरीको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा १ ज ६५७७ नम्बरको निलो माइक्रोसँग ठोक्किएको थियो । महानगरीय ट्राफिक महाशाखा प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार लेन क्रस गरेर आइरहेको माइक्रोले प्रहरीको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा प्रहरी सहायक निरिक्षक दीपेन्द्र गुरुङ घाइते भएका छन् । दुर्घटनापछि गुरुङलाई तत्काल प्रहरी अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई हिजोनै नर्भिक अस्पताल रिफर गरिएकाे थियो । सापकोटाका अनुसार घाइते गुरुङको अवस्था गम्भिर रहेको छ । मनोज श्रेष्ठले सामाजिक सञ्जालमा राखेको भिडियोमा दुर्घटनापछि दुई जना प्रहरीले माइक्रो चालकमाथि हातपात गरेको देख्न सकिन्छ ।
प्रहरीले माइक्रो चालकमाथि हातपात गरेको विषयमा प्रश्न गर्दा प्रवक्ता सापकोटाले यसबारे आफूलाई जानकारी नभएको र भिडियो हेरेपछि यसबारे कारवाही प्रक्रिया अघि बढाउने बताए । हाल माइक्रो चालक र माइक्रो प्रहरी नियन्त्रणमा रहेको छ ।
https://youtu.be/kJgoRIz33X4
प्रतिक्रिया