शान्ति स्थापनामा एकै खालको उपाय सही नहुने : उपप्रधानमन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
शान्ति स्थापनामा एकै खालको उपाय सही नहुने : उपप्रधानमन्त्री पोखरेल

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्तिपूर्ण सहअस्तित्वमा आधारित आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा रहेको नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहँदै आएको बताएका छन् ।
  • चीनमा जारी आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरम नामक अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा ‘संयुक्त राष्ट्र सङ्घको शान्ति मिशनः चुनौती र सहकार्य’ विषयमा सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य चीनले अन्तर्राष्ट्रिय शान्ति स्थापना, बहुपक्षीय प्रणालीको सबलीकरण र आतङ्कवादविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गरे ।

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्तिपूर्ण सहअस्तित्वमा आधारित आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा रहेको नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहँदै आएको बताएका छन् ।

चीनमा जारी आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरम नामक अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा ‘संयुक्त राष्ट्र सङ्घको शान्ति मिशनः चुनौती र सहकार्य’ विषयमा सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य चीनले अन्तर्राष्ट्रिय शान्ति स्थापना, बहुपक्षीय प्रणालीको सबलीकरण र आतङ्कवादविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गरे ।

छ दशकदेखि नेपालले राष्ट्र सङ्घको शान्ति मिशनमा रही योगदान दिएकाले शान्ति, सद्भाव र करुणाजस्ता सन्देश दिने गौतम बुद्धको जन्मभूमिका नेपाली ज्ञानी रहेको प्रमाणित भएको बताए । हालसम्म नेपाली सेनाका छ हजार २५७ ले शान्ति मिशनमा खटिएर स्थायित्वका लागि योगदान दिइसकेको जानकारी दिँदै उनले राष्ट्र सङ्घको आह्वानमा यो सङ्ख्या बढाउन नेपाल तत्पर रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपाली शान्ति सेनाले विश्वमा शान्ति स्थापना, स्थायित्व र द्वन्द्वग्रस्त अवस्थामा मान्छेको जीवन र सम्पत्ति बचाउन, मानवअधिकारको रक्षा गर्न खेलेको भूमिकाको अन्तर्राष्ट्रियरुपमा सह्राना गरिएको छ ।’ उपप्रधानमन्त्री पोखरेलले मिशनका लागि नेपालको स्रोत, विज्ञता, सैन्य उपकरण र स्पष्ट मार्गनिर्देशनका विषय सोचनीय छन् भन्दै शान्ति स्थापनामा एकै खालको समाधानको उपाय सही नहुने नेपाली अनुभवसमेत प्रस्तुत गरे ।

नेपालले मौलिक ढङ्गले शान्तिवार्ता सफल बनाएको उदाहरण स्मरण गराउँदै उनले मिशनमा खटिएका सेना सम्बन्धित देशको आन्तरिक राजनीतिक मामिलाबाट टाढा रही शान्ति र विधि स्थापनाको परिणामुखी कार्यादेशमा कार्यरत हुनुपर्ने बताए । उपप्रधानमन्त्री पोखरेलको भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ ।

(https://chacc.co.uk/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
कोशीमा बहुमतको सकसः सभामुखलाई राजीनामा गराउने तयारी
कोशीमा बहुमतको सकसः सभामुखलाई राजीनामा गराउने तयारी
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनिय काम हाेः काँग्रेस सभापति देउवा
पत्नी वियोगमा परेका पूर्व प्रधानमन्त्री नवाज शरिफ जेलमुक्त !
पत्नी वियोगमा परेका पूर्व प्रधानमन्त्री नवाज शरिफ जेलमुक्त !
‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि
‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
स्याङ्जा चपाकोट नगरपालिकाको अपडेट
स्याङ्जा चपाकोट नगरपालिकाको अपडेट

तपाईंले छुटाउनुभयो कि?