बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित

सारांश

  • ८ मङ्सिरः नाजेरियामा शुक्रबार त्यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् ।
  • यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ ।
  • नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।

८ मङ्सिरः नाजेरियामा शुक्रबार त्यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।

त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ भने उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन् । नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएकोे हो । शुक्रबार प्रार्थनाको समयमा आएका कैयौँ बन्दुकधारीहरुले बन्दुक हमला गर्दा त्यहाँ रहेका पाँच जनाको ज्यान गएको र अरु १८ जनालाई उनीहरुले नै अपहरण गरेर लगेका थिए ।

मोटर साइकलमा आएका अज्ञात बन्दुकधारीहरुले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरुले मस्जिदमा हमला गरे पछि उनीहरु सँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेर गएका थिए ।

यस घटनाको बारेमा अनुसन्धान शुरु भएको यहाँको प्रहरीले जनाएको छ ।त्यहाँको प्रहरीका अनुसार पछिल्ला केही समययता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटनाहरु बढेका छन् ।(एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
Italian court finds man guilty of kidnapping British model
Italian court finds man guilty of kidnapping British model
सुनको मूल्य बढ्याे
सुनको मूल्य बढ्याे
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य
१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य
उपाधीका लागि पोखरा र चितवन भिड्ने !
उपाधीका लागि पोखरा र चितवन भिड्ने !
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?