म्यानमार सरकारका सल्लाहकार सुकी स्वदेश फर्कदै
सारांश
- नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमार सरकारका सल्लाहकार आङ साङ सुकी आज स्वदेश फर्कदै हुनुहुन्छ ।
- अहिले केहिबेरमा म्यानमारको प्रतिनिधिमण्डल सहित नेतृ सुकी नेपिद फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
- नेपालको ४ दिने भ्रमणका क्रममा नेतृ सुकीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमार सरकारका सल्लाहकार आङ साङ सुकी आज स्वदेश फर्कदै हुनुहुन्छ । अहिले केहिबेरमा म्यानमारको प्रतिनिधिमण्डल सहित नेतृ सुकी नेपिद फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको ४ दिने भ्रमणका क्रममा नेतृ सुकीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
नेपाल सरकारको निम्तोमा नेतृ सुकी र प्रधानमन्त्री सेन गत बिहीवार काठमाडौं आउनुभएको थियो । उहाँहरु एसिया प्यासिफिक समिटमा समेत सहभागी हुनु भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया