युनिक साँस्कृतिक धमाका ४ आयोजना हुन १८ दिन बाँकी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७३
|
|
१८५ पटक हेरिएको
Shares
युनिक साँस्कृतिक धमाका ४ आयोजना हुन १८ दिन  बाँकी

सारांश

  • शिखर न्युज, काठमाण्डौं ।
  • मलेसिया मा आयोजना हुने युनिक साँस्कृतिक धमाका ४ आयोजना हुन अब १८ दिन बाँकी रहेको छ ।
  • सबैले अत्याधिक रुचाइएको धमाकाले यस बर्ष को चाइनिज नयाँ बर्षको धमाकामा बेग्लै  अनुभूति र सबैलाई अत्याधिक मनोरन्जन दिने हेतुले ९ जना कलाकारलाई मलेसिया भित्र्याउन  लागेको आयोजक नवीन खडकाले जानकारी दिएका छन ।

शिखर न्युज, काठमाण्डौं ।

मलेसिया मा आयोजना हुने युनिक साँस्कृतिक धमाका ४ आयोजना हुन अब १८ दिन बाँकी रहेको छ । सबैले अत्याधिक रुचाइएको धमाकाले यस बर्ष को चाइनिज नयाँ बर्षको धमाकामा बेग्लै  अनुभूति र सबैलाई अत्याधिक मनोरन्जन दिने हेतुले ९ जना कलाकारलाई मलेसिया भित्र्याउन  लागेको आयोजक नवीन खडकाले जानकारी दिएका छन । कार्यक्रममा यस पट्क दर्शकहरुले नौलो अनुभूति पाउने आयोजक भिमसेन केसीले दाबी गर्नु भयो । क्रार्यक्रममा निकै छोटो समयमा निकै चर्चा कमाएका लोक दोहरी गायक प्रकाश कटुवाल ले दर्शकहरुलाई नचाउने छ्न भने साथमा दोहरी गायिका शुशिला गौतम र प्रकाश कटुवाल को दोहरीमा दर्शकहरुले मनोरन्जन प्राप्त गर्ने छन । चर्चित तथा लोक प्रीय हाँस्यकलाकार इकुले दर्शकहरुलाई पेट मिची मिची हसाउने छन । कार्यक्रमको मुखय आकर्षणका रुपमा रहेका भोजपुरी गायक सन्तोष राज र नायिका ऋषिका चौधरी, प्रीना तिवारी, रिया श्रेष्ठ, डान्सर रायमा लिम्बू का साथै चर्चित कलाकार बिक्रम जंग शाह, लोक गायक ठाकुर ओझा, प्रकाश योगी, आइडिप प्रधानको प्रस्तुती रहने छ । कार्यक्रम जनवरी २८ तारिक बाख्री ८ बातु चोक र २९ तारिकान ग्रीसिकमा आयोजना हुने ईश्वर खत्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?