मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
मानव बेचबिखन (नियन्त्रण) ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती

सारांश

  • मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
  • मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ को समेत प्रभावकारी कार्यान्वयन नहँुदा जघन्य अपराधको रुपमा रहेको मानव बेचबिखन नियन्त्रण हुन सकेको छैन ।
  • बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सक्रियता बढाए पनि नियन्त्रण हुन सकेको छैन ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ को समेत प्रभावकारी कार्यान्वयन नहँुदा जघन्य अपराधको रुपमा रहेको मानव बेचबिखन नियन्त्रण हुन सकेको छैन ।बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सक्रियता बढाए पनि नियन्त्रण हुन सकेको छैन ।

पछिल्लो समयमा गैरकानूनीरूपमा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई विदेशमा लगी विचल्ली बनाउने गिरोहको सक्रियता बढ्दै गएको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ मा यौन शोषण, श्रम शोषण तथा मानव अपाङ्ग तस्करीसमेतलाई जघन्य सामाजिक अपराधका रुपमा परिभाषित गरिएको छ । संविधानको धारा ३८ मा महिलाको हक र धारा २९ मा शोषणविरुद्धको हकलाई सुनिश्चित गर्दै मानिसलाई बेचबिखन गर्न दास वा बाँधा बनाउन पाइने छैन भनी मानव बेचबिखनविरुद्धको कार्यलाई, मौलिक हकको रूपमा समावेश गरिएको छ ।

महिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै भारत, म्यानमार, कँुवेत र साउदीअरबलगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका करीब ३५० व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ती गरिएको छ । नेपाल सरकारले विभिन्न खाडीमुलुकमा महिला कामदार घरेलु कामदारका रुपमा पठाउन रोक लगाएसँगै भारतको बाटो हुँदै मानव तस्करीको क्रम झन झन बढ्दै गएको छ ।

महिला मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले मानव बेचबिखनलाई रोक्नका लागि सरकारले सम्बन्धित जिल्लाको अध्ययन गरिरहेको र अध्ययनपछि समाधानबारे प्रक्रिया अगाडि बढाउने तयारी गरिएको जानकारी दिनुभयो । महिला तथा बालबालिका बेचबिखनविरुद्धको अभियानमा काम गर्ने विभिन्न सङ्घ÷संस्थाको अध्ययनलाई हेर्ने हो भने पनि दोस्रो मुलुक भारत हुँदै विभिन्न बहानामा तेस्रो मुलुकमा नेपाली श्रमिक बेचबिखन तथा ओसारपसार हुने क्रम बढ्दै गएको पाइन्छ । अध्ययनअनुसार भारत हुँदै तेस्रो मुलुक वैदेशिक रोजगारका लागि जाने पुरुषभन्दा पनि महिला श्रमिकको सङ्ख्या बढी छ ।

(Diazepam Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवर्धन हुने विश्वास
चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवर्धन हुने विश्वास
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
आलु महोत्सवमा आलुको स्वाद लिदै दर्शक
आलु महोत्सवमा आलुको स्वाद लिदै दर्शक
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
कृषक लाई उन्नत बीउ बितरण
कृषक लाई उन्नत बीउ बितरण
रक्षाबन्धन तथा जनै पूर्णिमा भोलि, यस्तो छ कारण
सुनसरी ३ मा गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा कायम
सुनसरी ३ मा गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा कायम