विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २७, २०७७
|
|
३८ पटक हेरिएको
Shares
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा

सारांश

  • गत मंगलबार दुई सय जना भन्दा बढीको ज्यान जानेगरी बेइरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन्।
  • राष्ट्रिय टेलिभिजनमार्फत् सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्याग गरेको घोषणा गरेका हुन्।
  • लेबनानीहरूले सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाएका छन्।

गत मंगलबार दुई सय जना भन्दा बढीको ज्यान जानेगरी बेइरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन्।

राष्ट्रिय टेलिभिजनमार्फत् सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्याग गरेको घोषणा गरेका हुन्।

लेबनानीहरूले सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाएका छन्।आक्रोशित मानिसहरूले लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए। उनीहरूको प्रहरीसँग झडप भएको थियो।

वर्षौँदेखि बेइरुतस्थित बन्दरगाहमा असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनीअम नाइट्रेटका कारण उक्त विस्फोटन भएको थियो।

राष्ट्रपति मीसेल आउनले नयाँ सरकार नबनुन्जेल कामचलाउन सरकारका रूपमा अहिलेकै सरकारलाई काम गर्न भनेका छन्।

बीबीसीका अनुसार उनले आफ्नो सरकारले देशलाई बचाउनका लागि निकै अगाडि बढेर एउटा मार्गचित्र तयार पारेको तर भ्रष्टाचारका कारण त्यसो हुन नसकेको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
आइपीएलमा नेपाली खेलाडी सन्दीपको सनसनीपूर्ण प्रदर्शन
आइपीएलमा नेपाली खेलाडी सन्दीपको सनसनीपूर्ण प्रदर्शन
स-यो राष्ट्रियसभा बैठक
स-यो राष्ट्रियसभा बैठक
दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, अन्य आरोपीको रेड कर्नर नोटिस जारी हुने 
दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, अन्य आरोपीको रेड कर्नर नोटिस जारी हुने 
सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी
सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी
अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै
अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
सम्झौता गरी काममा लगाउनुपर्ने फैसला
सम्झौता गरी काममा लगाउनुपर्ने फैसला
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो