राजदुत प्रस्तावित माथिको उजुरी खोलिँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
राजदुत प्रस्तावित माथिको उजुरी खोलिँदै

सारांश

  • विभिन्न चार देशका लागि प्रस्तावित राजदूतहरुविरुद्ध एक मात्र उजुरी परेको छ ।
  • संघीय संसदको संसदीय सुनुवाई विशेष समितिमा सोमवारसम्म दिइएको समयमा एकमात्र उजुरी परेको जनाइएको छ ।
  • उक्त उजुरी आज बुधबार खोलिने समितिका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।

विभिन्न चार देशका लागि प्रस्तावित राजदूतहरुविरुद्ध एक मात्र उजुरी परेको छ । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिमा सोमवारसम्म दिइएको समयमा एकमात्र उजुरी परेको जनाइएको छ । उक्त उजुरी आज बुधबार खोलिने समितिका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।

राजदूत सिफारिश समावेशी नभएको भन्दै अधिवक्ता सतिशराज मैनालीले समितिमा उजुरी गरेका हुन् । राजदूत सिफारिशमा परेको व्यक्ति विशेषभन्दा पनि राजदूत नियुक्तिको प्रक्रियामा प्रश्न उठाउँदै उजुरी परेको समिति सचिवालयले जनाएको छ ।

कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि पूर्वराजदूत उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिश गर्ने निर्णय गरेको थियो । इजरायलका लागि प्रधानमन्त्री केपी शर्मा ओली निकट अञ्जान शाक्यको नाम प्रस्ताव गरिएको थियो ।

समिति बैठकमा समितिमा परेको उजुरी खोलिने र अर्को बैठकमा उजुरीकर्तालाई बोलाइने सचिवालयले जनाएको छ । मंसिर २३ गते प्रस्तावित राजदूतहरूलाई सुनुवाइका लागि समितिमा बोलाएर समितिले निर्णय गर्ने सचिवालयले जनाएको छ ।

(https://wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?