राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
सारांश
- काठमाडौं, पुस १९ ।
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज (बुधबार) सुरु हुँदैछ ।
- स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा व्यहोरेको अप्रत्याशित हारको समीक्षा गर्न र भावी रणनीतिक योजना बनाउन राप्रपाको बैठक बस्न लागेको हो ।
काठमाडौं, पुस १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज (बुधबार) सुरु हुँदैछ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा व्यहोरेको अप्रत्याशित हारको समीक्षा गर्न र भावी रणनीतिक योजना बनाउन राप्रपाको बैठक बस्न लागेको हो ।
नयाँ बानेश्वरको थापागाउँस्थित अनुमोल क्याटरिङमा तीन दिनसम्म चल्ने बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
राप्रपाका सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैैठकमा महामन्त्री जयन्त चन्दले सचिवालयसम्बन्धी तथा कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसअघिका सबै निर्वाचनमा अप्रत्याशित हार व्यहारेपछि राप्रपामा अब पार्टी एकीकरणको मुद्दालेसमेत प्रमुखता पाएको छ । गत वर्ष पार्टी एकीकरण भए पनि वर्षदिन नपुग्दै पार्टी तीन टुक्रा बनेको थियो ।
बैठकमा गिरीलाई ‘नो इन्ट्री’
श्रेष्ठका अनुसार कार्यसम्पादन समिति सदस्य दिलनाथ गिरीलाई भने केन्द्रीय समिति बैठकमा बोलाइएको छैन् ।
यसअघि सल्लाहबिना नै मन्त्रिपरिषद् बैठकमा सचिव परिवर्तनको प्रस्ताव पेश गरेको भन्दै अध्यक्ष कमल थापाले गिरीलाई शहरी विकास मन्त्रीबाट फिर्ता बोलाएका थिए ।
प्रतिक्रिया