अर्घाखाँचीमा दुर्घटनामा एकजनाको मृत्यु
सारांश
- अर्घाखाँची, ६ कात्तिक :सन्धिखर्क नगरपालिका जगातमा भएको जिप दुर्घटनामा आज एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
- गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१च ६७६६ नं को जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीयवासी पोमनारायण पोख्रेलले जानकारी दिनुभयो ।
- घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।
अर्घाखाँची, ६ कात्तिक :सन्धिखर्क नगरपालिका जगातमा भएको जिप दुर्घटनामा आज एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१च ६७६६ नं को जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीयवासी पोमनारायण पोख्रेलले जानकारी दिनुभयो ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो । जिप सडकबाट करिब १०० मिटर तल खसको थियो । मृतक पुरुष रहेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया