गाउँपालिका, नगरपालिकामा कर्मचारी जान नमानेपछि आयो सुविधै-सुविधाको अध्यादेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गाउँपालिका, नगरपालिकामा कर्मचारी जान नमानेपछि आयो सुविधै-सुविधाको अध्यादेश

सारांश

  • काठमाडौं ।
  • सरकारले काठमाडौं छोडेर प्रदेश र स्थानीय तहमा कर्मचारी जान नमानेपछि एकतह सिधै बढुवासहित सुविधै सुविधाको ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ ल्याएको छ ।
  • कर्मचारीहरु बढुवा र दुई ग्रेड बढाइएको सुविधासहितका प्रावधान समेटेर अध्यादेश लिइएको हो ।

काठमाडौं । सरकारले काठमाडौं छोडेर प्रदेश र स्थानीय तहमा कर्मचारी जान नमानेपछि एकतह सिधै बढुवासहित सुविधै सुविधाको ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ ल्याएको छ । कर्मचारीहरु बढुवा र दुई ग्रेड बढाइएको सुविधासहितका प्रावधान समेटेर अध्यादेश लिइएको हो ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंलाई केन्द्र मानेर निजामती सेवामा काम गरिरहेका कर्मचारीलाई बाहिरी जिल्ला पठाउन यस्तो अध्यादेश ल्याएको हो । गतवर्ष ऐन जारी भएपनि सुविधा नपाएको भन्दै कर्मचारी गाउँपालिका, नगरपालिकामा जान नमानेपछि सरकारले कर्मचारीलाई फाइदा पुग्नेगरी अध्यादेश ल्याएको हो ।

निजामतीका करिब करिब ९० हजार र स्थानीय तहका २० हजार कर्मचारी सहित १ लाख ९ हजार कर्मचारी समायोजन प्रक्रिया सुरु हुने बताइएको छ ।

५ वर्षभन्दा कम अवधि भएका कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुन गएको खण्डमा सोही पद बराबरमा समायोजन हुनेछ । उनीहरुको खाइपाई आएको सुविधामा दुई ग्रेड सुविधा दिइनेछ ।

कर्मचारी समायोजन अध्यादेश सरकारले स्विकृत गरी राष्ट्रपतिकहाँ पठाएको बताइएको छ । अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि औपचारिक रुपमा कर्मचारी समायोजन प्रक्रिया बल्ल सुरु हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डको भ्रमणमा रहेकाले फर्केपछि अध्यादेश प्रमाणीकरण गरेसँगै यसअघिको कर्मचारी समायोजन ऐन २०७४ पनि सँगै खारेज हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसो भन्छन् जिदान ​रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्कने हल्लाबारे ?
यसो भन्छन् जिदान ​रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्कने हल्लाबारे ?
पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव
पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
प्रमुख निर्वाचन आयुक्तले सप्तरीबाट गरे मतदान
प्रमुख निर्वाचन आयुक्तले सप्तरीबाट गरे मतदान
प्रिमियम लिगः लिडस र लेस्टर सिटी बराबरीमा टुंगिए
प्रिमियम लिगः लिडस र लेस्टर सिटी बराबरीमा टुंगिए
थप दुई ब्रुमर ल्याउँदै कामपा
थप दुई ब्रुमर ल्याउँदै कामपा
आज जेठ १० गतेको राशीफल यस्तो छ, थाहा पाउनुस्
बैंकमा साइबर हमला : तीन नेपाली पनि समातिए
बैंकमा साइबर हमला : तीन नेपाली पनि समातिए
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा

तपाईंले छुटाउनुभयो कि?