नेपाल–चीनको बैठक मंसिर २७ मा बस्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेपाल–चीनको बैठक मंसिर २७ मा बस्दै

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • नेपाल र चीनबीच परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको १२ औँ बैठक मंसिर २७ गते बस्ने भएको छ ।
  • बैठक चीनको राजधानी बेइजिङमा बस्ने तय भएको छ ।

काठमाडौं, २२ मंसिर । नेपाल र चीनबीच परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको १२ औँ बैठक मंसिर २७ गते बस्ने भएको छ । बैठक चीनको राजधानी बेइजिङमा बस्ने तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणमा भएका सहमति कार्यान्वयन तथा सन् २०१९ मा चीनबाट हुन सक्ने उच्चस्तरीय भ्रमणबारे छलफल हुने छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नुहुनेछ भने चिनियाँ पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयान्युले गर्ने भएका छन् । सिगात्से–केरुङ–काठमाडौं रेलमार्ग, तातोपानी नाका पुनः सञ्चालन, नेपालको बढ्दो व्यापार घाटा, सीमापार विद्युतीय प्रसारण लाइन, थप नाका खुला गर्नेलगायत विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?