बालक अपहरण गरी १५ लाख माग्ने तीनजना प्रहरीको फन्दामा
सारांश
- काठमाडौं ।
- एकजना ७ वर्षे बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले तीन जनालाई पक्रेको छ ।
- भारतका एक बालकलाई अपहरण गरी रकम मागेको भन्दै गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखियालाई पक्रेको इलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाले बताएको छ ।
काठमाडौं । एकजना ७ वर्षे बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले तीन जनालाई पक्रेको छ ।
भारतका एक बालकलाई अपहरण गरी रकम मागेको भन्दै गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखियालाई पक्रेको इलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाले बताएको छ ।
भारत बिहारको सुपौल, किसनपुराका मोहम्मद सदामका ७ वर्षे छोरा मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बालकको अपहरणपछि बालकको परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेको थियो ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया