नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२० पटक हेरिएको
Shares
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक

सारांश

  • म्याग्दी, २ पुस, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।
  • समुदायले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् ।
  • समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताउनुभयो ।

म्याग्दी, २ पुस, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।

समुदायले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताउनुभयो ।

असोज–कात्तिकको पछिल्लो याममा करीब एक हजार पर्यटक आएका छन् । सन् २०१७ मा एक हजार विदेशी पर्यटक आएका थिए । प्राकृतिक, जैविक र भौगोलिक हिसाबले पनि मनमोहक खोप्राबाट मनास्लु, माछापुच्छ्र«े, अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जालगायतका दर्जनाँै हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको प्रमुख विशेषता हो ।

खोप्राबाट सूर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्तीको अवलोकन गर्न सकिन्छ । ५० भन्दा बढी प्रजातिका जडीबुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् ।

मृग, घोरल, डाँफेलगायत जङ्गली जनावर र पशुपछीको अवलोकन गर्न सकिने पाउद्धारका अगुवा भीमबहादुर तिलीजाले बताउनुभयो । समथर भूगोलको चरनमा पालिएका चाँैरी, गाई, बाख्रा र भेँडाका बथानले पर्यटकलाई लोभ्याउने गरेको छ ।

एकै ठाउँमा प्रकृतिको धेरै किसिमका सौन्दर्यको अनुभव लिन पाएको गत हप्ता खोप्रा भ्रमणमा गएकी बागलुङकी प्रमिला कुँवरले बताउनुभयो । पहाडको टाकुरामा रहेका भिरालो पाखोबाट पृष्ठभूमिमा देखिने दन्तलहरझैँ हिमाल, तलतिरका वन, टाढाटाढाका मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीहरु, बिहानीमा देखिने सूर्योदयले मन छोएको पोखराकी प्रशन्न खड्काले बताउनुभयो ।

वसन्त ऋतुमा खोप्रा वरपरका पाखो लालीगुराँस फुलेर रङ्गिन्छ । बर्खायाममा रङ्गीबिरङ्गी बुकी फुलेर वातावरणमा उमङ्ग थपिन्छ । बादलले एकैछिनमा हिमाललाई ढाक्ने र केही समयमा खुल्ने गरेको दृश्य बादल र हिमालले लुकामारी खेलेजस्तो लाग्छ ।

खोप्रामा सूचना प्रविधिका अभियन्ता महावीर पुनले बेतारे इण्टरनेटको रिपिटरटावर, मौसम सूचना केन्द्र सञ्चालन गर्नुभएको छ । खोप्रा, वयली, डाँडाखर्कका सामुदायिक लजमा पुनकै पहलमा ५० किलोवाट क्षमताको घोस्केखोर लघुजलविद्युत् परियोजना निर्माण गरी २४सै घण्टा विद्युत् आपूर्ति गराइएको शिखका अगुवा बागवीर पाइजाले बताउनुभयो ।

पर्यटकको चाप बढेपछि विसं २०६५ मा स्थापना भएको २४ जना क्षमताको सामुदायिक लजको क्षमता विस्तारको तयारी गरिएको छ । अहिले क्षमताभन्दा बढी पर्यटक आउँदा टेन्टमा सुत्ने व्यवस्था मिलाइएको छ ।

विद्यालयलाई पाँच लाख सहयोग

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका देवेन्द्र पुर्जाले सामुदायिक विद्यालयलाई रु पाँच लाख सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका पुर्जाले तीन विद्यालयलाई रु चार लाख ९९ हजार ६०५ सहयोग गर्नुभएको वडाध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

काफलडाँडा आधारभूत विद्यालयलाई रु तीन लाख ३३ हजार, राम्चेको देउराली आधारभूत विद्यालयलाई रु एक लाख ११ हजार १०० र जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योतिमण्डल माविलाई रु ५५ हजार ५०५ सहयोग गर्नुभएको हो ।

आफ्नो जन्मथलो आउनुभएका पुर्जाले घरमै एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रतिनिधिलाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जाले काफलडाँडाको सूर्याेदय युवा क्लबलाई रु ३५ हजार ५०० सहयोग गर्नुभएको छ ।

आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा मद्दत पुगोस् भनेर सहयोग गरेको पुर्जाले बताउनुभयो । प्राप्त सहयोग निजी स्रोतका शिक्षकको तलबभत्ता, शैक्षिक गतिविधि र भौतिक पूर्वाधारको क्षेत्रमा परिचालन गरिने विद्यालयले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
कोरोनाको उपचारपछि निको हुनेको संख्यामा वृद्धि
कोरोनाको उपचारपछि निको हुनेको संख्यामा वृद्धि
मलाई केहि भयो भने गोरेलाई पक्रनु: सनम शाक्य कि अामा
मलाई केहि भयो भने गोरेलाई पक्रनु: सनम शाक्य कि अामा
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव
पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !
पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !
‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख
‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख
सुरक्षाका दृष्टिले प्रदेशका अधिकांश राजधानी खतरामा : सुरक्षाविद
सुरक्षाका दृष्टिले प्रदेशका अधिकांश राजधानी खतरामा : सुरक्षाविद
आफूखुसी मूल्य वृद्धि, लुटिँदै उपभोक्ता
आफूखुसी मूल्य वृद्धि, लुटिँदै उपभोक्ता

तपाईंले छुटाउनुभयो कि?