बालुवाटारमा एकता संयोजन समितिको निर्णायक बैठक जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
बालुवाटारमा एकता संयोजन समितिको निर्णायक बैठक जारी

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता संयोजन समितिको निर्णायक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
  • प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सहित संयोजन समितिका वरिष्ठ नेताहरू सहभागी बैठकले एमाले–माओवादी केन्द्रबीच एकता गर्ने सहमतिलाई अनुमोदन गर्ने तयारी छ ।

काठमाडौं, ७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता संयोजन समितिको निर्णायक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सहित संयोजन समितिका वरिष्ठ नेताहरू सहभागी बैठकले एमाले–माओवादी केन्द्रबीच एकता गर्ने सहमतिलाई अनुमोदन गर्ने तयारी छ ।

मानभवनमा बिहीवार भएको बैठकमा एमाले नेताहरूले जनताको बहुदलीय जनवादलाई एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनु पर्ने अडान लिएपछि एकता वार्ता अन्यौलमा परेको थियो । ओली र दाहाल दुई जना अध्यक्ष रहने सहमति भएपनि अन्य शीर्ष नेताहरूको पद व्यवस्थापन गर्नुपर्ने माग पनि भएको थियो । त्यसपछि पनि ओली र दाहालबीच एक्लाएक्लै छलफल भएका थिए । आइतबार ओली र दाहालबीच ठिमीमा लामो वार्ता भएपछि दुई नेता सोमबार बिहान फेरि भेटेर सिद्धान्तको विषयलाई एकता महाधिवशेनबाट टुंग्याउन सहमत भएका थिए ।

एकीकृत पार्टीको मुख्य नेतृत्व र सिद्धान्तको विषयमा सहमति जुटेकाले अहिले बालुवाटारमा भइरहेको संयोजन समितिको बैठकले त्यसलाई लिखितरुपमा अनुमोदन गर्ने अपेक्षा गरिएको छ । ओली र दाहालबीच दुवै पार्टीका शीर्ष नेताहरूको पद व्यवस्थापनबारे पनि सहमति जुटेको बताइएको छ ।

सहमति नजुटेपछि शुक्रबार प्रधानमन्त्री ओलीले आफूसँगै शपथ लिनेगरी दुई जना मन्त्रीको नाम मागेका थिए । तर पनि माओवादीले मन्त्रीको नाम दिएको थिएन । अहिले बालुवाटारमा पार्टी एकताका सम्बन्धमा लिखित सहमति भयो भने मात्रै माओवादीले आफ्ना मन्त्रीहरू पठाउने तयारी गरेको छ ।

दुई अध्यक्ष ओली र दाहालबीच भएका सहमतिका बुँदाहरु
–द्विअध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड” समान हैसियतका अध्यक्ष ।
– अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी साटफेर, वाम गठवन्धन निर्माणताकाकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुबै आधा–आधा प्रधानमन्त्री ।
– दुबैले पुच्छर हटाएर पार्टीको “नाम नेपाल कम्युनिष्ट पार्टी” राख्ने ।
– दुबैले मान्दै आएका माक्र्सवाद, लेनिनवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने । सकेसम्म छिटो बिशेष महाधिवेशन गरेर औपचारिक रुपमा विषयको टुङ्गो लगाउने । त्यसअघि एकताका सैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।
– दुई अध्यक्षसँगै बहुपद सिर्जना नगर्ने । सानो आकारका स्थायी कमिटी तथा पोलिटव्यूरो र केन्द्रीय समिति बनाउने ।
– राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई दिने ।
– माओवाद, एक्काइसौं शताव्दीको जनवाद र बहुदलीय जनवादलाई महाधिवेशनसम्म बहस गरेर संश्लेषण र परिमार्जन गर्ने ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    TR Ghimire

    Good xito hastachhar

    Comment Author

    Shreejan Bhansakarya

    बेहमान।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?