बालक अपहरण गरी १५ लाख माग्ने तीनजना प्रहरीको फन्दामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
बालक अपहरण गरी १५ लाख माग्ने तीनजना प्रहरीको फन्दामा

सारांश

  • काठमाडौं ।
  • एकजना ७ वर्षे बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले तीन जनालाई पक्रेको छ ।
  • भारतका एक बालकलाई अपहरण गरी रकम मागेको भन्दै गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखियालाई पक्रेको इलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाले बताएको छ ।

काठमाडौं । एकजना ७ वर्षे बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले तीन जनालाई पक्रेको छ ।

भारतका एक बालकलाई अपहरण गरी रकम मागेको भन्दै गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखियालाई पक्रेको इलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाले बताएको छ ।

भारत बिहारको सुपौल, किसनपुराका मोहम्मद सदामका ७ वर्षे छोरा मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

बालकको अपहरणपछि बालकको परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेको थियो ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?