काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
१५२ पटक हेरिएको
Shares
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने

सारांश

  • काठमाडौँ, ४ जेठ ।
  • नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।
  • काँग्रेस शीर्ष नेताको आज केन्द्रीय कार्यालयमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको रणनीति तय गर्दै पार्टीका उम्मेदवारलाई आवश्यक तयारी गर्न सो निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँ, ४ जेठ । नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।

काँग्रेस शीर्ष नेताको आज केन्द्रीय कार्यालयमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको रणनीति तय गर्दै पार्टीका उम्मेदवारलाई आवश्यक तयारी गर्न सो निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले निर्वाचनमा सबैको सहभागिताका लागि आवश्यक वातावरण बनाउन पहल लिने निर्णय गरेको छ । काँग्रेसले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई पारित गरी मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागिता गराउन अन्य दलसँग परामर्श गर्ने तयारी थालेको छ ।

बैठकमा निर्वाचनको मतगणनाबाट प्राप्त भइरहेको परिणामका बारेमा समीक्षा हुनाका साथै दोस्रो चरणको निर्वाचनमा अझ प्रभावकारी रुपमा तयारी थाल्नेबारेमा समेत छलफल भएको पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।

काँग्रेस नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिँदै महामन्त्री कोइरालाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच यसअघि भएको समझदारीअनुसार नै सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने अपेक्षा गर्नुभयो ।

काँग्रेसले हाल प्राप्त भइरहेको मतपरिणामलाई सोचेको जति राम्रो नभएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउने गरी तयारी गर्न पार्टीका सबै संयन्त्र र भ्रातृ एव्म शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशको कमाइले ‘सुपरमार्केट’
विदेशको कमाइले ‘सुपरमार्केट’
जिसीको नेतृत्वमा पार्टि प्यालेस तथा क्याटरिङ महासंघ गठित
जिसीको नेतृत्वमा पार्टि प्यालेस तथा क्याटरिङ महासंघ गठित
नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी थप
नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी थप
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई काठमाडौं बोलाइयो
सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई काठमाडौं बोलाइयो
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ

तपाईंले छुटाउनुभयो कि?