कांग्रेस महासमितिमै फरक विधान मस्यौदा पेश हुने संकेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
कांग्रेस महासमितिमै फरक विधान मस्यौदा पेश हुने संकेत

सारांश

  • काठमाडौं २६ मंसिर ।
  • नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले एकिकृत विधान मस्यौदामाथि सहमति जुटाउन नसक्दा महासमिति बैठकमा फरक मतसहित विधान मस्यौदा पेश हुने संकेत देखिएको छ ।
  • मंसिर ९ गतेदेखि औपचारिक÷अनौपचारिक छलफलमा जुटेको कांग्रेसमा विधान मस्यौदामाथि फरक विचार आएकाले सहमति जुटाउन सकस परेको हो ।

काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले एकिकृत विधान मस्यौदामाथि सहमति जुटाउन नसक्दा महासमिति बैठकमा फरक मतसहित विधान मस्यौदा पेश हुने संकेत देखिएको छ ।

मंसिर ९ गतेदेखि औपचारिक÷अनौपचारिक छलफलमा जुटेको कांग्रेसमा विधान मस्यौदामाथि फरक विचार आएकाले सहमति जुटाउन सकस परेको हो । विधान मस्यौदा समितिले पनि सहमति नजुटेपछि पार्टीको केन्द्रीय समितिमा विधानको मस्यौदालाई फरक मतसहित बुझाएको थियो ।

समितिले फरक मतसहित बुझाएको मस्यौदामाथि जारी केन्द्रीय समिति बैठकमा नौ दिनसम्म केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यले राखेको धारणासहितलाई सम्बोधन गर्नेगरी विधानमाथि राख्ने व्यवस्थाका विषयमा एकीकृत रूपमा निर्णय लिने जनाइएको थियो ।

केन्द्रीय सदस्यबाट आएका समग्र धारणालाई बैठकमा पेस गर्ने र मस्यौदालाई एकीकृत गरेर टुंग्याउने बताइए पनि विधानबारे अन्तिम टुंगो लाग्न सकेको छैन । संस्थापन र इत्तरपक्षबीच केन्द्रीय पदाधिकारी संख्या र सभापतिको क्षेत्राधिकारका बिषयमा विवाद कायमै छ । सोही बिषयमा सहमति जुटाउन पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?