मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
सारांश
- काठमाडौं ।
- मोरङको ग्रामथान मोरङ–सुनसरी सिंचाइ आयोजनाअन्तर्गत नहर सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
- जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
काठमाडौं । मोरङको ग्रामथान मोरङ–सुनसरी सिंचाइ आयोजनाअन्तर्गत नहर सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भिर घाइते चालक सुनसरी इटहरी उपमहानगरपालिका–११ का २२ वर्षीय अक्षय तबदारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मध्यराति मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय नरेश चौधरी गम्भीर घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया