महाभियोग सिफारिस समितिको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
२२ पटक हेरिएको
Shares
महाभियोग सिफारिस समितिको बैठक बस्दै

सारांश

  • काठमाडाैं।
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्ने भएकाे हाे।
  • पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ।

काठमाडाैं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्ने भएकाे हाे।

पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ। २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।

प्रतिनिधिसभाले २२ साउनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि सदस्यहरूको व्यस्तताले नौ दिनसम्म बैठक बस्न सकेको थिएन।
१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो। जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो। २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?