उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति

सारांश

  • बेइजिङ ।
  •  उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ ।
  • उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो ।

बेइजिङ । उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ ।

उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो ।

चीनको वातावरण संरक्षणसम्बन्धी मन्त्रालयले गरेको सो अध्ययनपछि यो तथ्य बाहिर आएको हो । उक्त मन्त्रालयले गरेको अध्ययनमा वातावरणलाई अथवा मानवीय स्वास्थ्यलाई असर पर्ने खालका कुनै पनि विकीरणहरु नपाइएको जनाइएको हो ।

चीनको सो मन्त्रालयको वेभसाइटमा लेखिएको छ ‘यसरी गरिएको अध्ययनमा उत्तर कोरियाले हालै गरेको परीक्षणका कारण वातावरणीय रुपमा असर पार्ने खालका कुनै पनि तत्व वा विकीरणहरु भेटिएका छैनन् ।’

उत्तर कोरियाले गरेको सो परीक्षणपछि चीनले गएको आठ दिनदेखि सो परीक्षणबाट उत्पन्न हुनसक्ने वातावरणीय खतराको बारेमा अनुसन्धान गरेको थियो । उक्त परीक्षणपछि सोमबार यो तथ्य बाहिर ल्याएको हो ।

उत्तर कोरियाले यस पटक गरेको छैठौँ पटकको परीक्षण यसअघिका सबै परीक्षणभन्दा शक्तिशाली मानिएको छ ।

यसै परीक्षणका कारण उत्तर कोरियामा मात्र नभएर दक्षिण कोरिया र चीनमा पनि भुकम्पन महसुश गरिएको थियो । उक्त परीक्षण हाइड्रोजन बम मिश्रित भएकोले यसबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका विकीरणहरु पनि पाइनसक्ने बताइएको थियो ।

यस परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै विकीरणहरु नभेटिएको समाचार यसअघि पनि जापानले सार्वजनिक गरेको थियो । रासस/एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ :  मन्त्री थापा
जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री थापा
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
राजस्व लक्ष्यभन्दा कम
राजस्व लक्ष्यभन्दा कम
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
फेसबुकमाथि यस्ता संकट आउन सक्छन् यो वर्ष
फेसबुकमाथि यस्ता संकट आउन सक्छन् यो वर्ष
घरपोझङमा एमाले उम्मेदवारलाई २ मतले हराउँदै कांग्रेसका लालचन विजयी
घरपोझङमा एमाले उम्मेदवारलाई २ मतले हराउँदै कांग्रेसका लालचन विजयी

तपाईंले छुटाउनुभयो कि?