दुई घन्टा डोलीमा चढेर भोट हाल्न आइन दुकादेवी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
दुई घन्टा डोलीमा चढेर भोट हाल्न आइन दुकादेवी

सारांश

  • दाङ, असार १४ – दोस्रो चरणको चुनावका अनेक दृष्य देखिएका छन् ।
  • केटाकेटीलाई दूध चुसाउँदै, लौरोको सहारा लिँदै अनि ह्वीलचेयर गुडाउँदै मदानकेन्द्रमा पुगेको खबरहरु आइरहेका छन् ।
  • दाङ्गको एउटा पनि मदतान केन्द्रमा यस्तै दृष्य देखिएको छ, जहाँ ७६ वर्षकी दुकादेवी रावत पनि दुई घन्टा डोली चढेर भोट खसाल्न आइपुग्नुभयो ।

दाङ, असार १४ – दोस्रो चरणको चुनावका अनेक दृष्य देखिएका छन् । केटाकेटीलाई दूध चुसाउँदै, लौरोको सहारा लिँदै अनि ह्वीलचेयर गुडाउँदै मदानकेन्द्रमा पुगेको खबरहरु आइरहेका छन् । दाङ्गको एउटा पनि मदतान केन्द्रमा यस्तै दृष्य देखिएको छ, जहाँ ७६ वर्षकी दुकादेवी रावत पनि दुई घन्टा डोली चढेर भोट खसाल्न आइपुग्नुभयो ।

७६ वर्षकी दुकादेवी रावतलाई प्यारालाइसिस भएका कारण १४ वर्षदेखि हलचल गर्न सक्नुहुन्न । दैनिकी चलाउन अरुकै सहारा ल्याउनुपर्छ । तर उहाँलाई भोट हाल्ने इच्छाले साह्रै सताएपछि छोराहरुले घण्टा घन्टा डोलीमा चढाएर मतदान केन्द्रमा पुर्‍याए ।

दुकादेवीको घर मालेगाउँबाट घोराही उपमहानगरपालिका वडा नंबर १ को आधारभूत विद्यालय सिमलतारा मतदान केन्द्रमा आइपुग्न दुई घन्टा लाग्छ । तर पनि दुकादेवीका छोरा र छिमेकीले दुखै गरेर भएपनि उहाँको भोट हाल्ने इच्छा पूरा गरिदिएका छन् । १४ वर्षदेखि शरीर हलचल नगरेपनि स्थानीय तहको चुनावमा भने भोट हाल्न पाउँदा दुकालेवी दंग हुनुहुन्छ ।

सिमलतारा मतदान केन्द्रमै प्यारालाइसिस भएका दिदीभाइले बिहानै भोट हालेका थिए । सिमलतार केन्द्रमा २५ सय ३० जना मतदाता भएपनि धेरैजरो युवा विदेश भएकाले गाउँमा बुढाबुढी बढी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाउँदै माओवादी,मुख्यमन्त्रीका लागि नेताहरुको दौडधुप
केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाउँदै माओवादी,मुख्यमन्त्रीका लागि नेताहरुको दौडधुप
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
सरकार विकासमा दोधार छैन : प्रम ओली
सरकार विकासमा दोधार छैन : प्रम ओली
पूर्वमन्त्री बास्कोटाको घरमा बम विस्फोट
पूर्वमन्त्री बास्कोटाको घरमा बम विस्फोट
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
सुनसरी—२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक
सुनसरी—२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक
शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित
शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित
एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी
एम्बिसन एकेडेमीले गर्यो डान्सिङ् स्टारको खोजी
मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग
मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

तपाईंले छुटाउनुभयो कि?