समाजवादी र राजपाबीच एकताको विषयमा छलफलै हुन सकेन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २९, २०७६
|
|
३७ पटक हेरिएको
Shares
समाजवादी र राजपाबीच एकताको विषयमा छलफलै हुन सकेन

सारांश

  • समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच एकीकरण गर्ने भनिएको धेरै समय भयो ।
  • तर अहिलेसम्म नेताहरुले औपचारिक रुपमा छलफल अगाडि बढाउन सकेका छैनन् ।
  • समाजवादी सरकारमा छ भने राजपाले सरकारको चर्को आलोचना गरिरहेको छ ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच एकीकरण गर्ने भनिएको धेरै समय भयो । तर अहिलेसम्म नेताहरुले औपचारिक रुपमा छलफल अगाडि बढाउन सकेका छैनन् । समाजवादी सरकारमा छ भने राजपाले सरकारको चर्को आलोचना गरिरहेको छ । यस्तो अवस्थामा दुई दलबीचको एकता जटिल देखिन्छ ।

समाजवादी र राजपाका शीर्ष नेताबीच अनौपचारिक छलफल जारी छ । तर औपचारिक रुपमा भने दुइपक्षले नै वार्ता गरेका छैनन् । एकतापछिको नेतृत्व, निर्वाचन प्रणाली, सरकारमा रहने वा नरहने लगायतका विषयमा सहमति जुट्न सकेको छैन ।

एकीकरणपश्चात् शीर्ष नेता व्यवस्थापन कसरी गर्ने, संसद्बाट निर्वाचित प्रधानमन्त्रीय प्रणाली कि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, निर्वाचन प्रणाली पूर्ण समानुपातिक कि मिश्रित भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

दुई पार्टी एकीकरण गर्न सहमत भएपनि अहिलेसम्म औपचारिक रुपमा वार्ता हुन नसकेकोले पनि केही अलमल देखिएको राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको भनाई छ ।

अर्कोतिर सरकारमा सहभागी समाजवादी पार्टीले ‘एकीकरणअघि सरकार छोड्ने कि एकीकरण पश्चात् रु भन्ने पनि अर्को बहसको विषय बनेको छ । तर समाजवादी पार्टीले भने पार्टीको शैदान्तिक विषयदेखि नेतृत्वसम्म सवै विषयमा सहमती भए सरकार छाड्ने कुरा कुनै ठुलो कुरा नभएको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदी बताउँछन् ।

अनौपचारिक रुपमा भएका छलफलहरुमा भने राजपा अध्यक्षमण्डलमा रहेका ६ नेतामध्ये ठाकुर र महतो तथा समाजवादी अध्यक्षद्वय डा। बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको चार सदस्यीय अध्यक्षमण्डल बनाउनुपर्नेमा भने शीर्ष नेताहरु सहमत देखिएका छन ।

पार्टीको नाम ‘राष्ट्रिय समाजवादी पार्टी’, झन्डा समाजवादीको र चुनाव चिह्न राजपाको राख्ने विषयमा अनौपचारिक सहमति समेत भइसकेको बताइएको थियो । गत २३ वैशाखमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको थियो । वैकल्पिक शक्ति निर्माणका लागि समाजवादी र राजपा नेपाल एकीकरण गर्ने विषयमा दुवै दल सहमत भएपनि औपचारिक रुपमा भने एकीकरण हुनसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै प्रधानमन्त्रीको कार्यालयलाई स्पष्टिकरण
निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै प्रधानमन्त्रीको कार्यालयलाई स्पष्टिकरण
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
“कांग्रेसको नेतृत्वमा ५० प्रतिशत युवाको ग्यारेण्टी गर”
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?
पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै
पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने
सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
मलेसियासँगकाे तेस्राे खेल नेपाललाई जित्नै पर्ने दबाव !
मलेसियासँगकाे तेस्राे खेल नेपाललाई जित्नै पर्ने दबाव !
बौद्ध धर्मको उद्गमस्थल नेपाल भएकोमा कुनै विवाद छैन : परराष्ट्र मन्त्रालय
बौद्ध धर्मको उद्गमस्थल नेपाल भएकोमा कुनै विवाद छैन : परराष्ट्र मन्त्रालय