जापानको एक रेस्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते
सारांश
- जापान, २ पुस ।
- जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् ।
- घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
जापान, २ पुस । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटका कारण रेष्टुराँ पूर्णरुपमा ध्वस्त भएको छ । विस्फोटलगत्तै कतिपयले झ्यालका सिसा फोडेर भाग्ने क्रममा घाइते भएका हुन् ।
विस्फोटबारे अनुसन्धान थालिएको छ । विस्फोटपछि उक्त क्षेत्र आसपास सवारीसाधनमा रोक लगाईएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया